🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरी बलको गोताखोरले निकाल्यो नदीमा खसेर वेपत्ता गाडी र दुईको शव (सचित्र समाचार)

काठमाडौँ २३ जेठ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर वेपत्ता सीटीईभीटीका कर्मचारी चढेकोे गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोरले मंगलबार फेला पारेको छ । एक जना भने अझै वेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको छ । 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोरले गाडी भेटाएर नदीबाट बाहिर निकालेका हुन । 

आज भेटिएकाहरुमा शव तनहुँ जिल्लाको भानु नगरपालिका ९ बस्ने सीटीईभीटीका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण के.सी. र इलाम जिल्लाको सूर्योदय नगरपालिका ५ बस्ने ३२ वर्षीय विद्युत प्रशिक्षक भानु पौडेलको हो । पूर्वी नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिका ७ बस्ने योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै वेपत्ता छन् । 

सो दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण सिनामंगल काठमाडौं र उक्त तालिम शिक्षालयबाट गोताखोर टोली खोजीकार्यको लागि खटिएको थियो । 

प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ (इम्बोस्ड नम्बर बीएबी ७४६७) को स्कार्पियो गाडी जेठ १९ गते शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा घुर्मी–खुर्कोट सडकखण्ड अन्तर्गत सो ठाउँमा सुनकोशी नदीमा खसेको थियो । दुर्घटना पश्चात गाडीका चालक कृष्ण चौधरी भने घाइते अवस्थामा आफैं पौडिएर नदीबाट बाहिर निस्कन सफल भएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जाकारी दिए । ।    

                                                               
 तस्बिरमा :         

 \"\"

\"\"

\"\"

\"\"                             
\"\"