🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राससले निःशुल्क समाचार सेवा दिनुपर्ने प्रेस युनियनको माग

काठमाडौँ, २३ जेठ (रासस) : नेपाल प्रेस युनियनले राज्यको एकमात्र सरकारी न्यूज एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले साना लगानीका स्वरोजगारमूलक सञ्चार माध्यमलाई निःशुल्क समाचार उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

भक्तपुरमा आज सम्पन्न युनियनको केन्द्रीय कार्यसमिति बैठकले मुलुकमा देखिएको आर्थिकमन्दीका कारण साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यम सञ्चालन गर्न कठिनाइ भइरहेकाले सरकारी लगानीको राससले निःशुल्क समाचार उपलब्ध गराउन माग गरेको हो ।

यसैगरी बैठकले प्रेस युनियनका अधिवेशन हुन बाँकी रहेका शाखा अधिवेशन आगामी असार ५ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको प्रेस युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो । प्रेस युनियनले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’ सफलतापूर्वक सम्पन्न गर्नेसमेत निर्णय गरेको छ ।

बैठकले पत्रकारिता तालिम सञ्चालन गर्नका लागि पाठ्यक्रम तयार गर्न नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाको संयोजकत्वमा पत्रकार प्रशिक्षण पाठ्यक्रम तयार समिति र उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा प्रशिक्षकको सूची तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासङ्घले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई नेपाल प्रेस युनियनले नजिकबाट नियालिरहेको बताउँदै सदस्यता शुद्धीकरणमा प्रेस युनियनको साथ रहेको जनाएको छ तर, सदस्यता शुद्धीकरण प्रक्रिया अघि बढिरहँदा विचार र आस्थाका आधारमा सदस्यता नवीकरण हुन नदिने र सदस्य हुनबाट वञ्चित गर्ने कार्य भएमा युनियनले प्रतिवाद गर्ने निर्णय गरेको छ ।

पत्रकारले पाउनुपर्ने पारिश्रमिक भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न, न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न प्रेस युनियनले दबाब दिने भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त अधिकार प्रतिकूल हुनेगरी कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानुन, नियमावली नबनाउनसमेत युनियनले सरकारसँग आग्रह गरेको छ ।
–––