🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरी हिरासतबाट फरार थुनुवा साढे ४ महिनापछि पक्राउ

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा साढे ४ महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादव रहेको प्रहरीको भनाइ छ । उनलाई विशेष सुचनाको अधारमा आज बिहान  साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरीले जनाएको छ ।

उनी शान्तिविरुद्धको अपराध मुद्दा शिर्षकमा पक्राउ परी थुनामा थिए । माघ १५ गते राति हिरासत फोडेर यादवसहित ६ थुनुवा फरार भएका थिए । जसमध्ये पाँचजनालाई यसअघि नै प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरिसकेको छ ।