🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनापति काजी भीम मल्ल र \’ओखलढुङ्गा\’ नामाकरण…(सचित्र खाेज)

१) नेपालबाट कान्तिपुरे सेना सहित तिब्बत् अर्थात भोट गएर हमला गर्ने सेनापति काजी भीम मल्ल थिए । मेरो सोध–खोजमा उनी नै पहिलो सेनापति हुन जसले सशस्त्र हमला गरी तिब्बतका धेरै शहर कब्जा गरी ल्हासामा ३२ कोठी नेपाली ब्यापारीहरुलाई स्थापित गराए । तिब्बतको ब्यापारको एक्लौटी हक नेपाल अर्थात कान्तिपुरको बनाए । जसको कारणले धेरै सय वर्षसम्म अर्थात नेपाल–चीन युद्धले निम्त्याएको बेत्रावतीको सन्धिले त्यो अधिकार छिन्यो ।

\"\"
२) वास्तबमा काजी सेनापति भीम मल्लको सालिक २–४ वटा बनाइनु पर्छ । यिनै बहादुर सेनापति काजी भीम मल्ललाई कान्तिपुरे राजा प्रताप मल्लले कटाउछन, पछि । अर्काका नचाहिने कुरा सुनेर । पछि पछुतो हुन्छ राजालाई । यिनै भीम मल्लल्को धर्म पत्नीले सती जाने बेलामा दिएको श्रापलाई हालसम्म पनि ‘‘सतीले दिएको श्राप’’ भनिन्छ ।  \"\"\"\"
३) तिनै वीर पुरुष भीम मल्लले कान्तिपुर पूर्व लाग्दा उनको फौज किराती सेनास“ग भिडन्त हुन्छ र किराती सेनाले हार्छन् । ती किराँती सेनाले जम्मा गरेका अन्नपात भीम मल्लका सेनाले फेला पार्छन् । अनि ती अन्नलाई ढुङ्गामा ओखल खोपी, काठका मुसल बनाइ अन्न कुटेर चामल– च्याख्ला आदि बनाइ खान्छन । केही दिनको बसाइ पछि कान्तिपुरे  सेना अन्यत्र जान्छन् ।

४) कान्तिपुरे सेनाले छाडेर गएका ओखलहरु रहेको ठाउँलाई पछि ‘‘ओखलढुङ्गा’’ भन्न थालिन्छ । जुन स्थान अहिले सगरमाथा अञ्चलमा पर्दछ । हाल उक्त स्थानमा ‘‘ढुङ्गाका ओखलका प्रतीक’’ राखिएका छन् ।

५) स्थानीय भद्र भलाद्मीहरुसँग टिपेका ईतिहास मैले पस्केको छु । सुझाव पाउँ । यो काम मा प्रेरणा दिनुहुने ओखलढुङा निवासी हाल बेलायतमा बस्नु हुने मित्र DSP ( Retd.) शिवजी श्रेष्ठजी लगायतलाई हार्दिक धन्यवाद छ ।
–प्रेम सिंह बस्न्यात