काठमाडौं । नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको हल्ला छ । यसअघि पार्टीबाट तीन मन्त्री पठाएको माओवादीले देउवा सरकारमा पठाउने मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाएको हो । यद्यपि, मन्त्रालय बा“डफा“डमा कुरा नमिल्दा र अन्य पार्टीबाट मन्त्रीहरूको नाम टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।
माओवादी स्रोतका अनुसार, माओवादीले प्रदेश १ बाट पार्टीमा प्रतिनिधित्व गर्ने शिवकुमार मण्डल मन्त्री बन्ने हल्ला छ । उनलाई आपूर्ति मन्त्रालयको जिम्मा दिन पार्टीले सिफारिस गरेको बताइन्छ । पार्टीको सिफारिस अनुसार देउवाले सरकार विस्तार गरेमा उनी अबको केही दिनपछि आपूर्ति मन्त्री बन्ने छन् ।
प्रदेश २ बाट २ जनाले मन्त्री बन्ने सौभाग्य पाउ“दैछन् । यसअघि नया“ शक्तिमा गइसकेर पनि अन्तिममा सांसद् पद त्याग्न नसकेर रोकिएका प्रभु साहलाई माओवादीले मन्त्री बनाइसकेको छ । अब त्यही प्रदेशबाट प्रतिनिधित्व गर्दै गिरिराजमणि पोखरेल मन्त्री बन्दैछन् । नारायणकाजी श्रेष्ठ समूहको कोटाबाट मन्त्री बन्न लागेका पोखरेललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको बताइन्छ । पोखरेल यसअघि पनि स्वास्थ्य मन्त्रालय सम्हालिसकेका व्यक्ति हुन् ।
माओवादीले प्रदेश नम्बर ३ बाट पनि मन्त्री छानेको छ । ३ बाट माओवादीले श्यामकुमार श्रेष्ठलाई मन्त्री बनाउन लागेको चर्चा छ । उनले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावना छ ।
प्रदेश ४ बाट कसलाई मन्त्री बनाउने भन्नेमा भने माओवादी अझै पनि अनिर्णित नै छ । स्रोतका अनुसार, प्रदेश ४ बाट हितराज पाण्डेलगायत नेताको चर्चा छ ।
माओवादी स्रोतका अनुसार, लोकमान सिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद्मा महाभियोग प्रस्ताव दर्ता गराएर चर्चामा आएका कालिकोटका सांसद् महेन्द्रबहादुर शाही पनि यसपटक मन्त्री बन्दैछन् । उनलाई यसअघि जनार्दन शर्माले सम्हालेको उर्जा मन्त्रालयको जिम्मेवारी दिन माओवादीले सिफारिस गरेको छ । तर, मालदार मानिएको यो मन्त्रालय पनि कांग्रेसले लिने कि माओवादीले भन्ने झगडा टुंगिएको छैन ।
वर्तमान सरकारमा १० मन्त्रालय दाबी गरेको माओवादीले महिलाबाट समेत प्रतिनिधित्व गराएर मन्त्री बनाउ“दैछ । स्रोतका अनुसार, महिलाबाट कसलाई मन्त्री बनाउने भन्नेबारेमा भने अझै छिनोफानो भइसकेको छैन । महिलाबाट सीता नेपाली र रेखा शर्मालगायतको मन्त्री बन्ने बजार हल्ला छ ।




