🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नया” शक्तिमा चर्कियो भिडन्त

काठमाडांै । बाबुराम भट्टराई नेतृत्वको नया“ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच केही समययता प्रेमिल सम्बन्ध छ । यही प्रेमपूर्ण ‘रिलेसन’का कारण अलग पार्टी भए पनि यी दुवै शक्ति एउटै पार्टीको झल्को दिनेगरी गतिविधि सञ्चालन गरिरहेका छन् । पहिलो र दोस्रो चरणको दुवै निर्वाचनमा बाबुराम र उपेन्द्रसंगैले एउटै चिन्हमा चुनाव लडेर नया“ प्रयोग गरे । निर्वाचनपछि एकीकरण गर्ने भद्र सहमतिअनुसार बाबुराम र उपेन्द्र सहकार्य अघि बढ्दै आइरहेको भए पनि अब भने दुई पार्टीको सम्बन्धमा दरार आउन सक्ने संकेतहरू देखिन थालेका छन् ।
पार्टीभित्रको अनेक समस्याहरूले रन्थनिएका बाबुरामले संघीय समाजवादी फोरमसंग लगन गा“ठो कस्ने हतारो देखाए उनी ‘आफू ताक्छु मुढो बञ्चरो ताक्छ घु“डो’ भनेजस्तो नियतिले उनलाई खेद्न, सताउन थालेको छ । स्रोतका अनुसार, यत्तिकै रह“दा पार्टीमा अनेक समस्या आउन सक्ने आंकलन गर्दै बाबुरामले एकताको हतारो देखाए पनि  यादवले उनलाई ग्रिनसिग्नल नदिने निष्कर्षमा पुगेका छन् । पार्टीको एउटा खेमाले यादवलाई नया“ शक्ति पार्टीसंग एकताका लागि पहल गर्न दबाब दिए पनि यादवले नया“ बहस पार्टीभित्र हुलेका छन् । स्रोतका अनुसार, यादवले बाबुरामको पार्टीसंग भन्दा अन्य माओदी केन्द्रसंग सके एकता नसके कार्यगत एकता गरेर अघि बढ्नुपर्ने चाहना देखाएका छन् । यादवले अकस्मात पार्टीमा यस्तो डिस्कोर्स चलाएपछि संघीय समाजवादी फोरममा दुईतर्फबाट बहस सुरु भएको छ । 
स्रोतका अनुसार, अशोक राई, राजेन्द्र श्रेष्ठलगायत नेताहरू उपेन्द्रको नया“ प्रस्तावबाट रुष्ट बनेका छन् । राई र श्रेष्ठहरूले माओवादीसंग भन्दा बाबुरामसंगै एकता गरेर अघि बढ्नुपर्ने मत राखेका छन् । तर, यादवले स्थानीय तह निर्वाचनमा बाबुरामसंग तालमेल गरेर अघि बढ्दा खासै उपलब्धि हात नलागेको भन्दै राई र श्रेष्ठलगायतका नेतालाई फकाइ रहेका छन् । ‘उपेन्द्रले बाबुरामसंग भन्दा पनि अन्य शक्तिसंग सहकार्य तथा एकता गर्ने चाहना देखाएका छन्,’ स्रोतले भन्यो, ‘बाबुरामसंग एकता गर्दा खासै फाइदा नपुग्ने भएकाले यादवले नया“ प्रस्ताव फ्या“केका छन् ।’
बाबुराम–देवेन्द्रबीच जुहारी 
बाबुरामले नया“ शक्तिको नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्न लागेको सा“घुको गत अंकमा हामीले प्रकाशित गरेपछि नया“ शक्तिमा नया“ तरंग उत्पन्न भएको छ । नेता देवेन्द्र पौडेलले त बाबुरामले नेतृत्व छिट्टै हस्तान्तरण गर्न लागेको अभिव्यक्ति दिएका थिए । तर, बाबुरामले देवेन्द्र पौडेलको अभिव्यक्तिको आवेगपूर्ण ढंगले खण्डन गर्दै आफूले ५ वर्ष आकाश खसे पनि नेतृत्व नदिने बताएका छन् । तर, पार्टीभित्र यो विषयलाई लिएर बहस सुरु भएको छ । स्रोतका अनुसार, भट्टराईले यस्तो अभिव्यक्ति दिएसंगै नया“ शक्तिभित्र शक्तिशाली मानिएका पौडेल र उनीबीचको सम्बन्धमा केही तिक्तता देखिएको थाहा भएको छ ।