अमेरिकाको क्यालिफोर्नियास्थित एक महिला केही दिन पहिले गायब भएको भनेर प्रहरीमा रिपोर्ट दर्ता गराइयो । प्रहरीको छानबिनपछि विचित्र कुरा पत्ता लाग्यो । वेपत्ता भएकी महिलालाई अन्तिम समयमा एक पेट्रोलपम्पमा देखियो । जुन जानकारी एक सीसीटीभीबाट मिलेको थियो । अनुसन्धान गर्दै जाँदा पेट्रोल पम्पबाट करीब ७० किलोमिटर पर उनको कार २०० फिट गहिराइमा खसेको पाइयो ।
त्यो कार भेटाउँदा सात दिन बितिसकेको थियो । खबरका अनुसार, सातदिन पश्चात पनि ती महिलालाई भने बचाइएको छ । यी सात दिन ती महिलाले आफ्नो टुटेको कारको रेडिएटरको पानी पिएर बाँचेकी थिइन । एन्जेला हर्नान्डेज नाम गरेकी २३ बर्षीया महिला क्यालिफोर्नियाको पोर्टल्याण्डकी हुन् । जब उद्धार टोली उनी भएको ठाउँमा पुग्यो तब उनी गाडीमै अड्किएको र होसमै थिइन र उनको शरीरमा धेरै चोट आएको थियो ।
जाँचकर्ताका अनुसार, हाइवेमा अचानाक जनावर आएर उनको दुर्घटना भएको जनाइएको छ । त्यस समय उनी आफ्नो बहिनी भएको ठाउँ लेन्कास्टरमा जाँदै थिइन ।




