🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसपीपी अघि बढाउन अमेरिकी दबाब ?

काठमाडौं । नेपालको राजनीतिमा सक्रियतापूर्वक चासो राखेको अमेरिकाले फेरि पनि  एसपीपीलाई अगाडि बढाउने संकेत देखाएको छ । नेपाली सेनासँगको साझेदारीमा अमेरिकी सेनाले विभिन्न एजेण्डामा सैन्य सहकार्य गर्नेगरी प्रस्ताव गरिएको उक्त एसपीपी कार्यक्रमलाई अहिलेकै सरकारको पालामा टुंगो लगाउनेगरी अगाडि बढाउन खोजेको सुरक्षा स्रोतको दावी छ । स्रोतका अनुसार, नेपाल सरकारले चीनसँग हतियार खरिद प्रकरण अगाडि बढाएका कारणले पनि अमेरिकाले विशेष चासो राखेको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चीनसँग ६ अर्ब रुपैयाँका हतियार खरिद गर्ने निर्णय भएको थियो । त्यसलाई अगाडि नबढाउन अमेरिकी र भारतीयहरुले दबाब बढाएका थिए । त्यही दबाबका कारणले रक्षा उक्त निर्णयबाट व्याक भएको थियो । तर, निर्णय फिर्ता भने भइसकेको छैन । भारतले पनि यो विषयमा विशेष नै चासो दिएको थियो ।

तर, अमेरिकी चासो बढेपछि एसपीपीलाई अगाडि  बढाउन खोजेको स्रोतको दावी छ । स्रोतका अनुसार, सन् २०२३ भित्रै एसपीपीलाई प्रक्रिया अगाडि बढाउन खोजेको स्रोतको दावी रहेको छ । रक्षा मन्त्रालयमा उक्त प्रस्ताव अनौपचारिक रुपमा छलफलमा रहन थालेको छ । तर, खुलेर छलफलको वातावरण भने बनिसकेको छैन । स्रोतका अनुसार, रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि उक्त विषयमा चासो राखिरहेका छन् ।

 (साँघु साप्ताहिक, २०८० असार १८)