🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुई आयोजना अघि नबढ्दा पुँजीगत खर्च कम देखियो : मन्त्री आचार्य

काठमाडौं ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले वृद्धाश्रम र बालसुधारगृह निर्माण आयोजना अघि नबढ्दा मन्त्रालयको पुँजीगत खर्च कम देखिएको बताउनुभएको छ । 

    
    राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलका क्रममा मन्त्रालयसँग सम्बन्धित जिज्ञासाको जवाफ दिँदै उहाँले पुँजीगत कार्यक्रम सामान्य प्रकृतिका भए पनि दुई आयोजना अघि बढ्न नसक्दा चालु खर्च कम देखिएको बताउनुभयो ।  

    “मन्त्रालयको बजेटको ठूलो हिस्सा चालु खर्चबाट कार्यान्वयन गर्ने प्रकृतिको छ”, मन्त्री आचार्यले भन्नुभयो, “तर, काठमाडौँको गोठाटारस्थित अस्पतालसहितको वृद्धाश्रम र तनहुँको ढकालटारमा बालसुधारगृह निर्माण आयोजना अघि बढाउन नसक्दा मन्त्रालयको पुँजीगत खर्च कम देखिएको हो । ” 

    
    बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट स्वीकृत कार्यक्रमबमोजिम कार्यक्रम सञ्चालन गर्न बजेट पर्याप्त भएको स्पष्ट पार्नुभयो । “हालसम्म पाँच सय ३६ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको छ”, मन्त्री आचार्यले भन्नुभयो, “यस कार्यक्रमलाई निरन्तरता दिनका लागि बजेटको कमि छैन ।” उहाँले आगामी आर्थिक वर्षमा कार्यक्रमको प्रभावकारिता अध्ययन गरेर परियोजनालाई थप परिमार्जन गर्नेसमेत बताउनुभयो ।