🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरम नपुगेपछि पूर्वाधार विकास समितिको बैठक स्थगित

सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बिहीवारका लागि बोलाइएको संसदीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्ने कार्यसूचि रहेको थियो ।

तर समिति सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नै अनुपस्थित भएपछि समितिको आजको बैठक बस्न सकेन । समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यसअनुसार पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसद आवश्यक पर्छ ।