सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बिहीवारका लागि बोलाइएको संसदीय समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको पूर्वाधार विकास समितिको बैठकमा मेलम्ची खानेपानी आयोजनाका बारेमा छलफल गर्ने कार्यसूचि रहेको थियो ।
तर समिति सञ्चालनका लागि आवश्यक पर्ने सदस्य नै अनुपस्थित भएपछि समितिको आजको बैठक बस्न सकेन । समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यसअनुसार पूर्वाधार समितिको बैठक बस्न १४ जना सांसद आवश्यक पर्छ ।



