🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

समाजवादी विद्यार्थी मोर्चा घोषणा हुँदै

काठमाडौं । सत्तारुढ राजनीतिक दलहरू (समाजवादी मोर्चा) निकट विद्यार्थी संगठनहरूले आज( २०८० साउन १४ गते आइतबार) विद्यार्थी मोर्चा घोषणा गर्ने भएका छन् ।

 

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा कार्यक्रम आयोजना गर्दै उनीहरूले विद्यार्थी मोर्चा घोषणा गर्न लागेका हुन् ।

 मध्यान्न १२ बजेका लागि तय गरिएको कार्यक्रममा सरकारको नेतृत्व गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख आतिथिकारुपमा सहभागी हुने छन् ।

 

त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सहभागी हुनेछन् ।

 

  समाजवादी मोर्चामा विप्लव नेतृत्वको नेकपा बाहेक सबै दल सरकारमा सहभागी छन् । यी चार राजनीतिक दलले सत्ता साझेदार नेपाली कांग्रेससँग समेतको परामर्शमा समाजवादी मोर्चा गठन गरेका छन् ।