प्रधानन्यायाधीशमा जोशीविरुद्ध सत्ताधारीको दुई तिहाइ प्रदर्शनले
नेपाली राजनीतिमा बौरिन खोजेको चुरा घोचाई तथ्य खोलेको छ ।
नेपाली राजनीतिको संक्रमण लम्बिन्छ ।
बहुमत वा दुई तिहाईको दम्भले नेपाली राजनीतिको संक्रमण सकिने नै होइन ।
संक्रमण लम्ब्याउने स्वार्थमा कुन माफिया कहाँ मिसिएका छन
कम्तीमा वर्तमान सत्ताधारी र तिनका हनुमान कम्युनिष्टलाई पत्तो छैन ।
संसारमा कम्युनिष्ट आतंकको आ–आफ्नै अनुभव होलान् ।
तर, नेपालको सन्दर्भमा यो बढी अमिल्दो र अप्राकृतिक स्वभावमा छ ।
नेपालका कम्युनिष्ट पार्टीको वर्तमान पुस्ताको बलँेसी नै त्यै हो ।
तिनको प्रकृतिक ज्ञान, सिद्धान्त र विचार सबै कुँडो भएको छ ।
खाउँ भने कान्छा बाउको अनुहार ।
तिनलाई अरुले सिध्याउनै पर्दैन, ती आफ्नै अन्तरद्वन्द्वको बाँदर घाउमा सकिन्छन् ।
यो डर कसैलाई पनि न होस्, यो मुलुकमा कम्युनिष्ट अधिनायकवाद आउँछ ।
हो, नेपाली कम्युनिष्टको अप्राकृतिक मैथुन विधिमा घीन जरुर लाग्न सक्छ ।
त्यो चाहिं नेपाली समाजले देख्न र भोग्नु पर्दछ ।
कम्युनिष्ट सरकारले भुलेको तथ्य के हो भने
जोशीविरुद्धको दुई तिहाई दम्भले तिनको स्थायित्व र समृद्धिको नारा खोसिएको छ ।
तिमी अलपत्र भा’का छौ, केपी सर ।
लगभग दुई दशक लामो संक्रमण बेहोरेको नेपाली समाजको लागि यो बिझ्ने बिषय हो ।
र, तिनको सार्वभौम अधिकारको अपमान पनि ।
यो मुलुकको इतिहासमा वर्तमान कम्युनिष्ट पुस्ताले के पो दर्ज गर्लान ।
हामी अल्लारे भयौं ?
मुलुकको सारा स्रोत साधन हाम्रो हातमा थियो ।
हामीसित संवैधानिक, कानूनी र प्रशासनिक राज्य सत्ता थियो, तर, जानेनौ ?
नेपालको वर्तमान कम्युनिष्ट पुस्ता
इजार नभएको सुरुवाल समातेर सुरुवालमा पृथकता देखाउने पुस्ता हो ।
तिनको हिसाब–किताब कस्तो छ भने
ती ६ र ३ त्रिपन्न भनेर ढाँट्छन ।
रेलिङ्ग भाँचेर आफ्नो पौरुषत्व देखाउँछन् ।
लिवर तानेर ड्राइवरी भाषामा कम्युनिज्मको कारोबार गर्दछन् ।
यिनले समृद्धि र स्थायित्व ल्याउलान् भनेर कोइ पत्याउँछन भने
त्यो खाँटी रैथाने मूलको नेपाली मान्छे होइन ।
त्यो या त छयहत्तरे हो, कि होइन भने भगौडे ।
जोशीको शैक्षिक प्रमाणपत्रमा यिनको शंका किन पनि जायज छ भने
यिनमा बुर्जुवा शिक्षा बहिष्कारको रनहापन छ ।
जोशीले गरेका न्यायिक निर्णय उपर यिनको क्रान्तिकारी विमति कहाँ छ भने
यिनको गाँसको हरेक सितामा परिश्रम छैन, माफियाको पिसाब गन्ध छ ।
सबैैमा रमाइलो चाहिं के छ भने
नेपालका कम्युनिष्टहरू नेपाली राजनीतिको संक्रमणको सहज अबतरण नै चाहँदैनन् ।
यिनले चाहेको साम्यवाद इशाईकरणको सप्कोभित्र मात्रै संभव छ ।
मैले यै दुखाइलाई चुरा घोचाई भनेको हो ।
जोशी प्रकरणले थिती बसाल्छ भनेर कोई मान्छ भने
म तिनलाई स्यालुट गर्छु ।
तर मित्र, यो अप्राकृतिक चाहिँ हो, स्वभाव नभएको ।
कम्युनिष्टहरूको बाँदर घाउ भनेको यै हो ।
आफैले आफ्नो घाउ कोतरेर सिद्धिने अर्थमा ।
बर्तमान सरकारको दुई तिहाई यै बाँदर घाउमा सिद्धिन्छ ।
र, नेपाली राजनीतिको संक्रमण लम्बिने प्रस्थान बिन्दु पनि त्यै हुन्छ ।




