काठकाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका बुवालाई पशुपतिमा अन्त्यष्टि गरिने भएको छ । उपचारको क्रममा रहेको हर्क बहादुर आईको आज बिहान वीर अस्पतालमा निधन भएको थियो। मृतक राईकै इच्क्षा अनुसार उनको अन्त्यष्टि गुहजिल्ला भोजपुरमै मौकि परम्परा अनुसार गरिने भनिएपनि खराव मौसमका कारण पार्थिव शरिरलाई गृह जिल्ला लैजान नसकिने देखिएपछि राईको अन्त्यष्टि आज दिउँसो पशुपतिमा गरिने जानकारी किरातीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फ गराएका छन् ।
राईको आज विद्युतीय शवदाहबाट दिउँसो २ बजेपछि अन्त्यष्टि गरिँदै छ । आज बहानै मन्त्री निवास पुलचोक पुगेर प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठलगायतले राईप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।




