🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तस्करी केन्द्रले बद्नाम भन्सारको नेतृत्वमा डाक्टर : एयरपोर्ट भन्सारलाई पाण्डेले कसरी सुधारलान् ?

काठमाडौं । सुन तस्करीले विश्वभर बदनामी कमाएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पहिलो पटक पिएचडी डाक्टर कर्मचारीले प्रमुखको जिम्मेवारी पाएका छन । प्रशासन र यातायात व्यवस्था क्षेत्रका विज्ञ र अनुभवी सहसचिव डा. टोकराज पाण्डेलाई ०८० साउन ८ गते अर्थ मन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुखमा खटाएका छन । राष्ट्रिय कितावखानाबाट अर्थ मन्त्रालयमा सरूवा गरेको दुई दिनमै उनले उक्त कार्यालयको जिम्मेवारी पाएका थिए ।

पाण्डेले २६ वर्षे सरकारी जागिरे जीवनमा कहिल्यै पनि राजस्व प्रशासनमा काम गर्ने मौका पाएका थिएनन् । भन्सार प्रशासन सम्बन्धी उनलाई कुनै जानकारी छैन । यो कमजोरीको फाइदा मातहतका कर्मचारीहरूले पक्कै उठाउने आंकलन कर्मचारी प्रशासनमा गर्न थालिएको छ । विगतमा झै सुन, हातहतियार, लागु औषध, नक्कली नोटको तस्करी, राजस्व चुहावट र छलि त्रिभुवन विमानस्थलबाट हुन्छ कि भन्ने आशंका पनि बढेको छ । हुन त जागिरे जीवनको अधिकांश समय यातायात व्यवस्था कार्यालय र यातायात व्यवस्था विभागमा कार्य गरेका थिए । तर पनि घुसखोरी र भ्रष्टाचारका मुद्दाबाट उनी अलग नै रहेकोले तुलनात्मक रूपमा इमान्दार र लगनशील कर्मचारीको रुपमा लिने गरिएको छ । 

राजश्व प्रशासनमा शून्य अनुभव
कोरा अनुभव भएका पाण्डेलाई भन्दा वीरगन्ज भन्सारसहित विभिन्न कार्यालयमा प्रमुख भईसकेका र हाल विभागमा उपमहानिर्देशक रहेका अनुभवी सहसचिव सेवन्तक पोखरेललाई एयरपोर्टमा खटाउनुपर्ने सुझाव अर्थ मन्त्रालयका कर्मचारीहरुले मन्त्री महतलाई नदिएका होइनन् । तर मन्त्री महत र सचिव अर्जुन प्रसाद पोखरेले कर्मचारीको सुझावलाई बेवास्ता गर्दै पाण्डेलाई खटाएको स्रोत बताउँछ ।

पूर्व मन्त्री जनार्दन शर्माले भित्र्याएका अरूण पोखरेलको जस्तो क्विन्टलका क्विन्टल सुन तस्करी गराउन छुट दिने, अर्बौं रुपैयाँको राजस्व चुहावट गराउने, मुलुकको अर्थतन्त्र र राजस्व प्रशासनलाई नै माफियाले चलाउन वातावरण पक्कै बनाउने थिएनन ।  हालका प्रमुख २०५४, ०५५ सालमा खरिदारबाट निजामती प्रशासनमा प्रवेश गरेका पाण्डे २०६३ मा २४ घ बाट नासुमा बढुवा भएको स्रोतले जानकारी दिएको छ । उनी २०६७ मा शाखा अधिकृत, २०७३ मा उपसचिव र २०७५ मा सहसचिव बढुवा भएका थिए ।

कर्मचारी नै बाधक
भन्सार प्रशासनमा नयाँ कर्मचारीलाई तल्ला तहका कर्मचारीले काममा सहयोग गर्ने र सिकाउने चलन नै छैन । काम जान्यो भने हामीलाई नै पछि दुःख दिन्छ भनेर कुनै पनि राजस्व प्रशासनका कर्मचारीले प्रशासन समूहकालाई काम सिकाउदैन ।

विमानस्थल भन्सार कार्यालयबाट १ सय किलो भन्दा बढी सुन मोटरसाइकलको ब्रेक सु भित्र लुकाएर छुटाउँदा पनि दुई दिन अगाडिदेखि कार्यरत रहेका अनुभवहीन कर्मचारी खटिएको पाइएको छ । पाण्डेलाई पनि कर्मचारीहरूले इमान्दारीपूर्वक सहयोग गरेनन् भने समस्या आउन सक्ने आंकलन भइरहेको छ । 

जसका कारण पाण्डेको छबि र प्रतिष्ठामा धक्का लाग्न सक्छ । त्रिभुवन विमानस्थल भन्सार कार्यलयमा खटिएका कर्मचारीहरू कतै न कतै अन्तराष्ट्रिय माफियाको प्रभाव र लोभमा परेको सजिलै बुझ्न सकिन्छ । सुन तस्करीको सम्बन्ध भन्सार छलेर नेपाल र भारतको बजारमा बेचेर केवल मुनाफा कमाउनेसँग मात्र सीमित नरहेको स्रोत बताउँछ ।

माफियाको कनेक्सन
यसको कनेक्सन हातहतियारको अवैध कारोवार र भुक्तानी, लागु औषधको व्यापार, नक्कली डलर, भारू मुद्राको अपचलन र अण्डरवल्ड कारोवारसम्म पनि जोडिएको सुरक्षा विज्ञहरूले आशंका गरेका छन । विमानस्थलमा अनुभवहीन भन्सार प्रमुख हुँदा यसको फाइदा अन्तर्राष्ट्रिय आतंकवादी र माफियाहरूले सजिलै लिन सक्ने अनुमान गरिएको छ ।

नेपालको विमानस्थलबाट आएका हातहतियार, लागू औषध, अवैध सुन, नक्कली अमेरिकी डलर, नक्कली भारू मुद्राको कारोवार छिमेकी मुलुक भारत र चीनमा पुगेर आतंकवादले प्रोत्साहन पायो भने नेपालको स्थिति के होला ? सजिलै अनुमान लगाउन सकिन्छ । ती मुलुकमा यदि नयाँ घटना घट्यो र समातिएकाहरूले  यी वस्तु नेपालको विमानस्थल हुँदै ल्याएको भनेर बयान दियो भने हाम्रो सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, शान्ति सुरक्षा र अर्थतन्त्र मै गम्भीर असर पर्न सक्छ । यी विषयमा अर्थ, गृह, रक्षा र परराष्ट्र मन्त्रालय विशेष रुपमा सजग हुनुपर्ने समाचारस्रोतले बताएको छ ।  (साँघु साप्ताहिक, २०८० भदौ ४)