🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्वप्रधानमन्त्री देउवाको घरमा गौराको रौनक

सुदूरपश्चिम, ७ भदौ ।

“तम्रा गीत कति हुन्ना, जौँ पात…।
बुझ्या छौँ कि दिदीबैनी, जौँ पात…।।”

अर्थात् (तपाईँका गीत कतिवटा होलान् र ? दिदी–बहिनीले बुझेको छ/छैन ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित घरमा गौरा मनाउन भेला भएका महिलाहरूले प्रस्तुत गरेका गीतमा आज उपस्थित सबै गौरा खेल्दै रमाइरहेका थिए ।

निवास परिसरमा टाँगिएको टेन्टमुनि गोलबन्द भएका देउवाकी धर्मपत्नी डा आरजु राणासहित अन्य महिला गौरा खेलमा रमाइरहँदा उपस्थित दर्शकले पनि भरपुर आनन्द लिइरहेका थिए । 

देउवा निवासमा गौराको रौनक बढ्दा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित नेपाली कांग्रेसका नेता, कार्यकर्ताको पनि उल्लेख्य सहभागिता थियो ।

‘सानी डाली घँगारुकी मसुरदानी, ठुम्के चरो बास…।’
‘म आए बाबाका घर मसुरदानी, नथियाकी आस…।।’
अर्थात् (घँगारुको बोटमा बास बसेको ठुम्के चरा,
नाकमा पहेरिने नथुको आसमा बुवाको घर आए)

 

 
अर्को छुट्टै समूहमा गोलबन्द भएका महिला यो गीतको बोलमा मच्चीमच्ची खेल्दै रमाइरहनुभएको थियो । ठाडो भाखाको यो गीतले विवाहिता छोरीले माइतीपक्षप्रति गर्ने माया, आशा एवं अपेक्षालाई दर्शाएको संस्कृतिका जानकार तारादेवी जोशीले बताउनुभयो । महिलामाझ यो ठाडो भाखाको गीत सदियौँदेखि निकै लोकप्रिय रहेको उहाँले बताउनुभयो ।

वर्षभरिमा एकपटक मनाइने गौरा पर्वका विशेषता बोकेका गीतको रौनकताले सुदूरपश्चिमका बस्ती तथा गाउँलाई छोपेका छन् । कांग्रेस नेतृ राणा गौरा पर्व मनाउन केही दिनअघि धनगढीस्थित आफ्नो निवास पुग्नुभएको थियो । उहाँले निवासमा गौरा भित्र्याएर पूजा गर्नुभएको छ । 

 
यस पर्वमा महिलापुरुष छुट्टाछुट्टैरूपमा गोलबन्द भई देउडा, चैत धमारीलगायत खेल खेल्ने गर्दछन् । देउडा खेल खेल्दा भने एकापसमा घोचपेच र तिखो व्यङ्ग्य गर्ने प्रचलन रहेको गौरा गीतका गितेरु (गीतकार) धर्मराज जोशीले बताउनुभयो । उहाँका अनुसार चैत धमारीजस्ता गीतमा खेलिने खेलले भने देवीदेवताको महिमा दर्शाउने गर्दछन् ।

गौरा भित्र्याइएका मन्दिर तथा गौरा घरमा गौरासम्बन्धी देउडा, चैत धमारीलगायत खेल खेल्नेको यतिबेला दिनहुँ घुइँचो लाग्ने गरेको छ । यहाँका स्थानीय घरायसी काम छाडेर भए पनि गौरा खेल्ने गर्दछन् ।

आफ्नो समुदायको परम्परागत पहिरनमा देउवा निवासमा पुगेका रानाथारू समुदायका महिलाले पनि आज गौराको रौनकमा साथ दिँदै रमाएका छन् । “मौलिक लोकसंस्कृति र चाडपर्वमा खेलिने खेललाई हरेक समुदायका मानिसले मन पराउँछन्”, तुलसी रानाथारूले भन्नुभयो, “गौरा खेलमा रमाउनका लागि आफूहरू देउवा निवासमा पुगेका हौँ ।” उनीहरू छुट्टै गोलबन्द भई होली पर्वको खेल खेलेर रमाइरहेका थिए ।

यस पर्वका बेला महिला तथा पुरुषले छुट्टाछुट्टै समूह बनाइ डेउडा, चैत धमारीलगायतका खेल खेल्दै इष्टदेव, कूलदेवका साथै विभिन्न देवीदेवताका महिमा दर्शाउने गर्दछन् । साथै गीतमार्फत समाजमा गरिएका योगदान, प्राकृतिक र धार्मिकस्थलको महत्व, समाजका विकृति तथा विसङ्गतिविरुद्ध व्यङ्ग्य गर्ने गरिन्छ । गौराघर तथा मन्दिरमा बुधबार धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको थियो ।