🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौँमै मोटरसाइकल चोर्ने दुई पक्राउ

काठमाडौँ, ६ भदौ (रासस) : महानगरीय प्रहरी परिसर काठमाडौँले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । 

परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी वृत्तले बा३६प ८५३२ नंको मोटरसाइकल चोरी गर्ने गोरखाका १९ वर्षीय रामबहादुर मगराती र गोरखाकै २० वर्षीय ईश्वर श्रीमललाई आज पक्राउ गरेको हो । 

प्रहरी गस्तीमा हिँडिरहेको अवस्थामा धादिङ घर भई सीतापाइला बस्ने दीपक भण्डारीको रोकेर राखेको मोटरसाइकल हराएको भन्ने खबर पाएपछि खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
–––