🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धर्नामा बसेका साझाका पूर्व कर्मचारीलाई वार्तामा आउन आग्रह

ललितपुर । भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले साझा प्रकाशनमा धर्ना गरिरहेका पूर्वकर्मचारीलाई वार्तामा आउन आग्रह गरेकी छिन् । 

पुल्चोकस्थित प्रकाशनमा बुधबार पुगेकी मन्त्री अर्यालले प्रकाशनमा चाँडो उपदानको माग गर्दै धर्ना गरिरहेका पूर्वकर्मचारीले वार्ताका माध्यमबाट समाधान खोज्न भनेकी हुन् ।  

उनले भने, “ठूला द्वन्द्व त वार्ताबाट समाधान निस्किन्छ भने यहाँ पनि वार्ताबाट नै समस्याको समाधान हुनेछ ।” मन्त्री अर्यालले साझा प्रकाशन लामो इतिहास बोकेको जीवन्त संस्था भएको बताइन् ।

साझाका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले व्यवस्थापन वार्ताबाट समाधान खोज्न लागेको बताए । उनले भने, “हामीले नियमित बैठक गरेर समाधान खोजिरहेका छौँ ।” साझाका पूर्वकर्मचारी चन्द्र योङयाले सरकारले जुनसुकै रुपमा भए पनि आफूहरुले पाउनुपर्ने उपदानका रकम उपलब्ध गराउनुपर्ने बताए । 

एक सय २७ जना पूर्वकर्मचारीलाई साझाले झण्डै रु १७ करोड उपदान बापत दिनुपर्नेछ । उनीहरु एक महिनादेखि धर्ना गरिरहेका छन् । रासस