🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’भाउजु\’का निकटस्थहरुको २०८० काे दसैँमा भयाे बिजोग

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सांसद डा. आरजु राणाका निकटस्थहरूलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकपछि अर्काे गरी मुद्दा दायर गरेको छ ।

‘राष्ट्रिय भाउजुु’को उपमा पाएकी राणाले अख्तियारमा सुदूरपश्चिमका नेपाल प्रहरीका पूर्व एआईजीपी जय बहादुर चन्दलाई आयुक्त बनाउन निकै जोडवल लगाएर नियुक्ति गरेकी थिइन ।

अख्तियारको प्रमुख आयुक्त रहेका पूर्व गृह सचिवसमेत रहेका प्रेम कुमार राईले उजुरीको छानबिन र अनुसन्धान गरी मुद्दा चलाउनेदेखि अनुसन्धानका लागि कर्मचारीको जिम्मेवारी तोक्नेसम्मका सम्पूर्ण अधिकार आयुक्त चन्दलाई दिएर आफू नाम मात्रको जिम्मेवारीमा रहँदै आएका छन। तर, पनि भाउजु राणाका निकटस्थहरु भ्रष्टाचारकाे  कारवाहीबाट जोगिन सकेका छैनन् ।

 राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल ‘राष्ट्रिय पेमेन्ट गेट वे’ प्रणालीसफ्टवेयर खरिदको रु. २५ करोड घोटला काण्ड घटाएको आरोपमा अख्तियारको फन्दामा परेपछि उनकाे पनि २०८० काे विजया दशमीमा  विजाेग भएकाे छ ।

 भाउजुले पौडेललाई तत्कालीन सञ्चार,सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई ठाडो निर्देशन दिएर नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गराउन सफल भएको चर्चा थियो । टेलिकमको अर्बौं–अर्बको उपकरण खरिदमा ३० प्रतिशतसम्म कमिशन खाने प्रपन्चमिलाउदै मिलाउँदै पौडेल निलम्बनमा परेका छन्।

टेलिकमको बोर्डमा आफ्ना विश्वासपात्रहरूको बहुमत पु¥याउन त्यसवेला अर्थ मन्त्रालयमा सहसचिव रहेका सहसचिव उत्तर कुमार खत्रीलाई सञ्चार मन्त्रालयमा सरूवा गरेर बोर्ड सदस्यमा मनोनयन गरिएको थियो ।

त्यतिमात्र होइन, पौडेललाई टेलिकममा नियुक्तिको लागि सहसचिव खत्रीको संयोजकत्वमा कमिटी गठन गरेर सिक्वेनस समेत मिलाईएको थियो । राष्ट्रिय पेमेन्ट गेट वे प्रणालीको सफ्टवेयर खरिदमा अनियमितता गरेर राम्रै आम्दानी गरेका पौडेलले ठुलै हिस्सा शक्ति केन्द्रलाई बुझाएको पुरस्कारस्वरुप टेलिकमको प्रवन्ध निर्देशक पद हात पार्न सफल भएका थिए ।

उपकरणलगायतको खरिदमा भएको घोटलाका सम्बन्धमा पनि अख्तियारले सूक्ष्म अनुसन्धान र छानबिन सुरू गरेको बताइएको छ। योसँगै सूचना प्रबिधि केन्द्रका कार्यकारी निर्देशक रहेका राणाका अर्का किटस्थ विकल पौडेल पनि अर्काे खरिद काण्डमा फस्न लागेको चर्चा छ।

आरजु राणाका निकटस्थहरूलाई अख्तियारले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेकाे र गर्ने तयारी गरेसँगै उनीहरुको निदहराम हुन लागेको बताइन्छ।यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका तत्कालीन गृह सचिव टेक नारायण पाण्डे, पूर्व मन्त्री बालकृष्ण खाण भद्रबन्दी गृह जेलको चिसो छिंडीमा हावा खाइरहेका छन ।

यसैबिच, लिलामणि पौडेल मुख्यसचिव हुँदा सुनील पौडेल र विकल पौडेललाई सञ्चार मन्त्रालयमा भित्र्याउने काम गरेका थिए । पूर्व मुख्यसचिव लिलामणि पौडेल पनि बालुवाटारको ललिता निवास सरकारी जग्गालाई नक्कली मोहीकाण्डमा संलग्न भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरिसकेको छ।

(साँघु साप्ताहिक, २०८० कात्तिक ६ गते)