🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फाइदै फाइदा ! 

एक जना सेठजीलाई दही खाने चस्का अति नै लाग्दथ्यो । अति कुनै पनि कुरा राम्रो होइन । धेरै दही खाने सेठजीको आदतले गर्दा खोकीले डेरा जमायो । सेठजी जवान थिए, तर खोक्दा–खोक्दा हत्तु । तर पनि मुखवार्ने कुरा गर्नै नहुने । अनि कहाँबाट खोकी निकोहोस् । खोकीबाट हैरान सेठजी एक नामी वैद्यकहाँ पुगेर आफ्नो समस्या राखे । म मर्नै लागें । मेरो खोकी ठीक गरिदिनुहोस् । यस लागि जति खर्च लागे पनि लागोस् । तर एक शर्त छ, म दही खान भने छोड्दिन । 

वैद्यलाई सेठजीको कथा पहिलेदेखि नै थाहा थियो । उनले मुस्कुराउँदै भने कसले भन्छ, तपाईंलाई दही नखा भनेर । धेरै दही खानु त ठूलो फाइदा छ । पहिलो फाइदा घरमा चोर कहिल्यै पस्दैन । दोस्रो फाइदा कुकुरले कहिल्यै टोक्दैन । तेस्रो महत्वपूर्ण फाइदा दही खाने व्यक्ति कहिल्यै बुढो हुँदैन ।

यी कुरा सुनेर सेठजी चकित परे । सेठजीले आजसम्म भेटेका वैद्य, डाक्टर, हकीमले दही धेरै खाँदा हुने हानीको वारेमा मात्रै भनेका थिए । तर यहाँ त वैद्य फाइदाको वारेमा बताइरहेका छन् । सेठजीले निकै गंभीर भएर सोच्दा पनि वैद्यजीले भनेका कुरा र दहीको सम्बन्ध कतै पनि मेल खाँदैन । आखिर हार मानेर सेठजीले वैद्यसँग सोधे ? दही खाँदा यति धेरै फाइदा कसरी हुन्छ ? वैद्यजीले ढुक्कसँग बताए– जब तिमी दही खाना छोड्दैनौ तब तिमीलाई खोकीले पनि छोड्दैन ।

रातभरी खोक्यौ भने तिम्रो घरमा चोर पस्ने हिम्मत कसरी गर्छ ? धेरै खोक्दा कमजोर हुन्छौं, हिड्नको लागि लठ्ठीको सहारा चाहिन्छ, हातमा लठ्ठी भएपछि कुकुरले कसरी टोक्छ ? अब रह्यो कुरा बुढ्यौलीको, तिमी आफैं सोच, त्यस्तो खोक्ने व्यक्ति कति दिन बाँच्न सक्छ ? बुढो हुँदासम्म ऊ बाँच्नै सक्दैन । सेठजीले वैद्यजीको कुरा सुनेपछि दही खाना छोडी दिए ।