🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नियुक्तिको विवादमा मन्त्री किराँती

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती मन्त्री भएदेखि नै गफमा नैमस्त रहेको गुनासो नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले आरोप लगाएका छन। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाहेक अरु कसैलाई नटेर्ने गरेको उनीहरु बताउँछन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रहेका प्रदीप अधिकारीलाई फेसबुके स्पष्टिकरण सोधेररहस्यमय तरिकाले किन उन्मुक्ति दिएभन्ने प्रश्नको उत्तर पाउन कठिन छ ।

अर्काेतिर, लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादस्पद खोम्पो  ल्यारक्याल लामालाई नियुक्ति दिएर उनले गलत कार्य गरेको आरोप खेप्दै आएका छन । कोषका सदस्य सचिव सानुराजा शाक्य र योजना प्रमुखको पदावधि सकिन लागेकोले म्याद थप गर्नका लागिआफ्नो दुनो सोझ्याउने ध्याउन्नमा लागेको आरोप मन्त्री किराती माथि लागेको स्रोतले जानकारी दिएको छ । दसैँ तिहारपछिप्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन  गर्ने तयारी भित्रभित्रै गरिरहेका छन । त्यसवेला मन्त्री किराँती हट्ने  सम्भावना रहेको चर्चा माओवादी पार्टीभित्र चलिरहेको छ ।

मन्त्री किरातीले लुम्बिनी विकास कोषको सदस्य सचिव र योजना प्रमुख छिट्टै  नियुक्ति गर्न शुभलाभवाला पात्रको खोजिरहेकोस्रोतले बताएको छ । नेकपाएमाले नेतृत्वको तत्कालीन सरकारले सदस्य सचिव शाक्य र योजना प्रमुख भट्टराईलाई नियुक्ति गरेको थियो । उनीहरुबाट राम्रै अफर आएको खण्डमा उनीहरूलाई नै निरन्तरता दिने चर्चा पनि सुनिन्छ । 

यसअघि योजना प्रमुख भट्टराईको सात महिना समयावधि छंदै तत्कालीन मन्त्री प्रेम बहादुर आलेले राम्रै शुभलाभ हात लगाएर चार वर्षका म्याद थपिदिएकोचर्चा थियो। यी दुई जना पुनः नियुक्ति पाउन मन्त्री  किरातीसँग लबिङ्ग गरिरहेको कोष स्रोतले बताएको छ । मन्त्री किरातीले योग्यता नै नपुगेकलाई भरखरै मन्त्रिस्तरीय निर्णय गरी पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद सदस्यमा नियुक्ति गरेका छन । उनीहरुको योग्यताका विषयमा प्रश्न उठ्दै आएको छ । मन्त्री किरातीले २०८० जेठ यता चार जना व्यक्तिलाई सञ्चालक परिषद सदस्यमा पटक– पटक गरि नियुक्ति दिएका थिए।

०८० जेठ ३० गते नियुक्ति पाउनेहरूमा गत शिक्षित पराजुली रहेका छन । असार १ गते भरत प्रसाद बडाल, साउन १२ गते राजु कुमार खत्री र असोज ७ गते रामेश्वर संगत रहेका छन् ।  पीएचडीधारी र वाराम्वार विवादमा आइरहेका कोषका सदस्य सचिव डा. मिलन कुमार थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरी काण्डमा केही हप्ता अगाडि बिशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका छन् ।

पशुपतिनाथ मन्दिरको शिवलिंगमा सुनको जलहरी लगाउदा सुन हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भए पछि उनी निलम्बनमा परेकाहुन् । रिक्त रहेको पदमा २०८० असोज १६ गते मन्त्रीस्तरीय निर्णय गरी सञ्चालक परिषद सदस्य राजु कुमार खत्रीलाई अर्काे व्यवस्था नभएसम्मका लागि सदस्य सचिवको जिम्मेवारी तोकेका छन् । जबकि उनको सञ्चालक परिषद सदस्यका लागि समेत योग्यता नपुगेको भनेर प्रश्न उठिरहेको थियो । (साँघु साप्ताहिक, २०८० कात्तिक १३)