काठमाडौं । नदी प्रदूषित भएको भन्दै २१६ हप्तादेखि वागमती सफाइ महाअभियान सुरु भइरहेको छ । यो अभियानमा सर्वसाधारणदेखि विभिन्न पेशाका व्यक्तिहरू सहभागी छन् । वागमती सफाइमा सबै एकजुट भएर लागिरहेका बेला सामाजिक छवि बनाएका गिनेचुनेका व्यक्तिहरू भने वागमती सफाइ होइन, फोहर गर्नतिर लागिरहेको पाइएको छ । यो पंक्तिमा जनताका प्रतिनिधि सांसद्देखि स्वस्थ जीवनशैलीका लागि प्रेरित गर्नुपर्ने दायित्व बोकेका अस्पताल समेत छन् ।
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट सांसद् बनेका वरिष्ठ शिक्षासेवी बाबुराम पोख्रेल भीएस निकेतन, ग्लोरियस इंगलिस मिडियम स्कूल र शंकर इन्टरनेसनल स्कूलसित सम्बद्ध रहेका ब्यक्तिमाथि नै बागमती फोहोर गरेको आरोप कारवाही गरिएको खबर छ । विभिन्न प्राज्ञिक, खेलकुद एवं सामाजिक संघ÷संस्थामा सक्रिय बाबुराम पोखरेल त्यस्ता सांसद् हुन्, जसले केही वर्षदेखि सञ्चालन हु“दै आइरहेको वागमती सफाइ अभियानलाई नकारात्मक असर पर्ने काम गर्दै आइरहेको आरोप खेप्दैछन् । सामाजिक उत्तरदायित्वको पाठ अरुलाई सिकाउनु पर्ने शिक्षासेवीमा गनिएका सांसद पोखरेलले विह्शिष्ट ब्यक्ति र सर्वसाधारणले सफा गर्दै आइरहेको त्यही वागमती नदीमा फोहोर फालेर सांसद् पद र वरिष्ठ शिक्षासेवीको गपगरीकै खिल्ली उडाएको आरोप छ ।
नदीमा फोहोर गरेको पाइएपछि सांसद् पोखरेल कारबाहीमा परेका छन् । भीएस निकेतन एजुकेसन फाउन्डेसन सञ्चालक समेत रहेका पोखरेल कलेजको फोहोर वागमतीमा मिसाएकाले कारबाहीमा परेको खबर छ । पोखरेलले भीएस निकेतन कलेज वागमती नदीको किनारा मिचेर बनाएको आरोप पनि खेप्दै आएका छन् । उनीमाथि सार्वजनिक जग्गा नै अतिक्रमण गरेर कलेज बनाएको आरोप धेरै पहिलादेखि नै लाग्दै आइरहेको हो । यिनै सांसद पोखरेलले वर्षौंदेखि कलेजको फोहोर वागमतीमा फाल्दै आइरहेको स्थानीयको गुनासो छ । कलेजको फोहोर वागमतीमा फालेर दूषित बनाएको फेला परेपछि उनलाई काठमाडौं महानगरपालिकाकाले कारबाही गरेको खबर छ । उनलाई केही समयअघि फोहोर फालेबापत जरिवाना गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले जरिवानासंगै यस्तो गल्ती नदोहो¥याउन चेतावनीसमेत सांसद् पोखरेललाई दिएको छ ।
पोखरेल मात्रै होइन, स्वस्थ जीवनको सन्देश प्रवाह गर्नुपर्ने तिलगंगा आ“खा अस्पतालले समेत वागमतीमा फोहार फ्या“क्ने गरेको पाइएको छ । विश्वमै चर्चित रहेका आ“खाका चिकित्सक डा. रुइतको नेतृत्वमा रहेको तिलगंगा आ“खा अस्पतालले वागमती नदीमा फोहोर गरेको भेटिएपछि यसलाई पनि काठमाडौं महानगरपालिकाले कारबाही गरेको खबर छ । कारबाहीस्वरुप अस्पतालाई केही रकम जरिवानासमेत गराइएको महानगरपालिकाले जनाएको छ । पछिल्लो समय काठमाडौं वागमती नदी फोहोर गर्नेमा उच्च व्यक्ति तथा जिम्मेवार संघ÷संस्थाहरू अगाडि देखिएका छन् । काठमाडौं र ललितपुर महानगरपालिकाले मात्रै बितेको ४ वर्षमा १ हजार ३ सय ८१ जनालाई कारबाही गरेको छ । यसरी कारबाही गर्दा दुई महानगरपालिकाले सा“ढे २९ लाख रुपैया“ जरिवाना उठाएका छन् । े
यो बेला
– गोपाल बुढाथोकी




