🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्थात जेमन्त – शरदराज गौतम : ख्वामित सर्खार !

महाराजको गाथगद्दी ताक्नेहरूले बिगारे, प्रभु ।
हजुरको फोटो बिगारे, भूमाफियाविरुद्धको संबाद साभार गरे ।
हुँदाहुँदा तीनतीन ठाउँमा अड्डासार गरेर लंैजादा पनि अटेर गरे ।
हजुर महाराजको जय उ जय उउ जय उउउ
हाम्रा बाबु साहेब शेरबहादुर जानी भन्थे कि नजानि भन्थे
कम्युनिष्ट शासनमा रुन पनि पाइन्न ।
रुन जत्ति पाइन्छ, नेपालको संविधानले ग्यारेन्टी चाहिं गर्दैन ।
नेपालको संविधान २०७२ ले ग्यारेन्टी गर्ने थोक भनेको, थुतुनो हो ।
सञ्चार विधामा होइन, अरु नै विधामा मात्रै ।
पत्रकार राजु बस्नेतलाई सर्बोच्च अदालत छोड भन्छ
पुलिससित थुनिराख्नु पर्ने एक से एक कारण छन् रे ।
जनवादी सत्ता खोज्ने प्रकाण्डलाई हत्कडी खोलेपिच्छे गिरफ्तार गरिन्छ ।
प्रहरीसित थुनिराख्नु पर्ने एक हजार एक कारण छन् रे ।
सर्बोच्चको आदेश श्रेस्तेदारले मान्ने हो, प्रहरीले होइन ।
पञ्चायतकालभन्दा पनि चर्को भयो भन्छन, प्रभु ।
के गरुँ, खुँडा टक््रयाउँ कि नाइलनको डोरी ?
खुँडाले अरुलाई टुक््रयाउन सकिन्छ, डोरीले आपूmलाई ।
ख्वामित हजुरलाई अलमल्याउन खोजिराख्या छन् ।
नेपालको संविधानलाइ शिरान बनाउँ कि रछ्यान ?
सर्खार, हजुरको थुतुनो शिव लिङ्ग होइन भन्छन् ।
जसलाई फेरो लगाएर सन्तान प्राप्तिको कामना गर्न सकियोस् ।
परवरनिहार, तपाईको औंला शिघ्रपतन गर्ने भाँडो होइन रे ।
जहाँबाट थुन निचोरेको दूधको धारो बगोस् ।
मालिक,
गोलपोष्ट फेरि फेरि गोल गर्न लाउनुलाई
एम्पायर पनि भनिन्न, सरकार प्रमुख पनि । 
नकच्चरोपन हो, त्यो हाम्रो समाजमा ।
संविधानमा नकच्चरोपनलाई संवैधानिक अधिकार भनि लेख्न छुट्यो, सर्खार उ
सुन काण्डमा सुन त फेला परेन परेन
सारा कथा सार नै ‘होक्स’ भयो ।
प्रभु देशी विदेशी प्रतिकृयावादीहरूको हमला भयो यसमा ।
यातायातको कार्टेलिङमा तपाइका आसेपासेको ध्यान कहाँ थियो ?
चाल पाउनु भयो ?
समितिको रोक्का गरिएको सम्पत्तिमा ।
भ्रष्टाचारीलाई ठाउँका ठाउँ कार्यबाही गर्ने तपाईको चोर औंला
सु गर्दा हल्लाउन नसक्ने भएको छ ।
ख्वामित सर्खार उ
यी सबै भाँडभैलो मच्चाउनेहरूको घेराबन्दी हो
अरिंगालको गोला कोट्याउँ, प्रभु ?
बालुवाटारमा तीजको गीत गाउने चेलीलाई
रत्यौली खेलेको भनि लेख्ने पत्रकार देश भँडुवा हुन, सर्खार उ
राजु बस्नेत र शम्भु श्रेष्ठ त्यसका नाइके ।
तिनलाई विद्युतीय ऐन होइन, राज्य विप्लवको अपराधमा साबिति गराइनु पर्दछ ।
यिनीहरूले हजुरको गाथगद्दीमा धावा बोले ।
शोभा भगवतीको वधस्थल सफा गराउँ कि सिफलको बकाइनोको रुख खोजौं ?
लामो समय माइतीमा बस्ने चेलीलाई असम्मान गरिन्छ, हाम्रो समाजमा ।
एक वर्ष नबित्दै बालुवाटारमा तपाईको माइती बसाइलाई
अधिनायकवाद र सर्वसत्तावाद देख्नेहरूलाई सिस्नो पानी लगाउँ ?
माइती मण्डेलामा दिनहुँ मुखमा मास्क लाएर विरोध गर्नेहरू
सबका सब देशी विदेशी प्रतिकृयावादी हुन् ।
डीएनए परीक्षण गराउँ कि, प्रभु ?
हजुरको शासनकालमा घाम समेत शितल भा’को छ ।
प्रभुको जय होस् उ
ख्वामितको जे निगाह ।
(प्रस्तुत आलेखका सबै प्रसङ्ग, व्यक्ति र घटना काल्पनिक हुन । कसैको जीवनसित मिल्न गएमा त्यो केवल आकस्मिक मात्रै हुनेछ । विद्युतीय ऐन लागू हुने हैन)