🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकी राजदूतवासको ‘प्रजातान्त्रिक कमाल’ !

अमेरिकी राजदूतको निजी आवास कमलादीमा आवासले फुटपाथ नै कब्जा गरेको छ । महानगरपालिकाले बटुवाहरू हिड्ने ठाउँमा पसल गरेको भन्दै सामान्य पसल गरेर गरिखानेहरूको सामानसहित हरेक दिन फुटपाथबाट सामान उठाउने र धपाउने गर्दछ । महानगरपालिकाले केही समय अगाडि फुटपाथ क्लिन अभियान समेत चलाएको थियो । तर काठमाडौंमा भएका फुटपाथ पनि कब्जामा छन् । हो, यस्तै फुटपाथ नै कब्जा गरेर पुतलीसडकबाट त्रिचन्द्र कलेजतर्फ जाने बाटो अर्थात् प्रज्ञा भवन अगाडि रहेको अमेरिकी राजदूतावासको रेजिडेन्सको बाहिर सुरक्षाका लागि सशस्त्र प्रहरी बसेका हुन्छन् । उनीहरूले सुरक्षा दिने आइल्याण्डले पूर्णरुपमा फुटपाथ कब्जा गरेको छ । 

अमेरिकी राजदूतावासमा सशस्त्रले फुटपाथ नभई भित्रबाट सुरक्षा दिइरहेका छन् तर रेजिडेन्समा भने सशस्त्र फुटपाथमा बसेर सुरक्षा दिइरहेका छ । नेपालको राष्ट्रपति कार्यालयमा पनि यसरी फुटपाथ कब्जा गरेर सुरक्षा दिइएको छैन । अन्य राजदूतावासमा पनि यसरी कब्जा भएको देखिदैंन । यदि फुटपाथ सञ्चालन नगर्ने हो भने त्यो साइडको फुटपाथ बन्द समेत गर्न सकिन्छ र पैदल यात्रुलाई अर्काे साइडमा डाइर्भट गर्न सकिन्छ । तर, त्यहाँ कुनै त्यस्तो व्यवस्था छैन ।

बटुवाहरू व्यस्त सडकमा हिंड्न बाध्य छन् । अलिकति तलमाथि भएमा त्यहाँ दुर्घटना हुनसक्छ । के ती सुरक्षाकर्मीलाई भित्रबाट त्यस्तै किसिमको सुरक्षा व्यवस्था मिलाएर राख्न सकिदैन । के यो नेपाल सरकारले नदेखेको हो ? के नेपाल सरकारले यस्तै सुरक्षा व्यवस्था गरेको हो ? कि यो ‘अमेरिकी राजदूतावास’को प्रजातान्त्रिक कमाल हो ।                                                                                                                                                                      – रमेश काफ्ले, काठमाडौं