एकजना व्यक्ति जहाजमा जिउँदो सर्प लिएर जर्मनीबाट रुस पुगेका छन् त्यो पनि २० वटा । समाचार एजेन्सीको रिपोर्ट अनुसार, ती व्यक्तिलाई रुसको मस्को एयरपोर्टमा एयरपोर्टका अधिकारीले ह्याण्डब्यागमा २० वटा जिउँदो सर्पसहित पक्राउ गरेका छन् । ती यात्रु को हुन् भन्ने बारेभने खुलाइएको छैन । राम्रो कुरा यो थियो कि यात्राका दौरान कसैलाई कुनै किसिमको बाधा भएन । यी यात्रु कुनै रोकतोक बिना नै जहाजमा कसरी पुगे भन्ने विषयले अधिकारीहरू अचम्म परेका छन् । यिनको यस्तो हर्कतबारे कसैलाई भनक समेत भएन । सर्पलाई सानो सानो बट्टामा राखिएको थियो ।
एकजना यात्रीका अनुसार, ती व्यक्तिले ती सर्प जर्मनीको एक बजारबाट खरिद गरेका थिए । ती सर्प विषालु भने थिएनन् । ती यात्रुले सर्पसम्बन्धी कुनै दस्तावेज जम्मा पारेका थिएनन् । विशेषज्ञले यी सर्पहरूको जाँच गरेका छन् । जर्मन अधिकारी अनुसार डिपार्चरभन्दा पहिले सेक्युरिटी जाँचमा यस्तो कुनै घटना बाहिर आएको थिएन । यसबाहेक सर्प जहाजमा लैजानु कुनै गैरकानूनी होइन । यसका अलावा सम्बन्धित अधिकारीसँग स्वीकृति नलिई सर्प लगेका कारण यस्तो घटना भएको हो ।




