🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेसमा मधेशका नाममा जीवनभर ढुंगानाकै ‘रजगज’ !

काठमाडौं । बयोवृद्ध कांग्रेस नेता आनन्दप्रसाद ढुंगानालाई मधेश प्रदेशमा ‘अन्य समूह’ बाट राष्ट्रियसभाको उम्मेदवार बनाइएको छ । ढुंगानाको उम्मेदवारीपछि कांग्रेसले गैरमधेशी ढुंगानालाई मधेश क्षेत्रबाट हरेकपल्ट अवसर दिएको भन्दै विवाद उत्पन्न भएको छ । ढुंगानाका कारण कांग्रेसभित्र विवाद मात्र नभै मधेशी समुदायकै मुख पुछिएको मधेशी समुदायबाट चर्को विरोध पनि भइरहेको छ । 

एकाथरी कांग्रेस कार्यकर्ताले जित निश्चित भएको ठाउँमा ढुंगानाले चाकडी, चाप्लुसी, हनमुानभक्ति जे जो गरेर भए पनि छाड्दैनन् भनेर गुनासो पनि गरिरहेका छन् । ढुंगानाको बानीव्यहोरा र विगत कार्यशैली हेर्दा पनि यही तथ्य छ्याङ्गै देखिन्छ ।

यो पटक पनि राष्ट्रियसभामा उम्मेदवार बनाउँदा हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएकालाई प्राथमिकतामा राख्ने भन्ने मापदण्डको मसी नसुक्दै कांग्रेसले नै धज्जी उडाएको छ ।

जब कि ढुंगाना एकपल्ट होइन, दुईपल्ट होइन दर्जनौंपल्ट अवसर पाएर अघाएर ढ्याउ गरेर बसेका व्यक्ति हुन् । उनको स्थिति हेर्दा कुर्सी पनि लजाउने अवस्था छ । ढुंगानाको पदलोलुपता देखेर अवाक बनेका कांग्रेसका एकजना मधेशी नेता जो पेशाले कानूनव्यवसायी पनि हुन्, ठट्यौली शैलीमा भन्छन्, ‘पद विना उहाँ पानी विनाको माछा जस्तै हो, तड्पिरहनुहुन्छ, आफूु कुर्सीमा पुगेन भने कुर्सी नै रोला कि भन्ठान्नुहुन्छ उहाँ, अन्तिम अवस्थामा अब के धोको छ काँक्रो, आँप केही ल्याउँ भनेर सोद्धा त्यो पर्दैन, एकपल्ट फेरि सांसद बनाइदेओ न भन्न बेर छैन ।’ ती नेताले अघि थपे, ‘उहाँले के पाउनै बाँकी छ र मधेशीका खातिर के गर्नुभयो भन्ने मूल प्रश्न हो । हनुमानभक्तिले पद हत्याउनु र तुजुक देखाउनु बेग्लै कुरा भयो ।’         

यो पटक पनि राष्ट्रियसभामा उम्मेदवार बनाउँदा हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएकालाई प्राथमिकतामा राख्ने भन्ने मापदण्डको मसी नसुक्दै कांग्रेसले नै धज्जी उडाएको छ ।

हुन पनि ढुंगानाले उनको औकात अनुरुप जीवनमा लिन बाँकी अब केही रहेन । २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा धनुषा–३ बाट निर्वाचित भए । २०६४ को संविधानसभा निर्वाचनमा पनि उनै अवसर पाए । त्यतिबेला उनी धनुषा–७ बाट पराजित भए । फेरि लगत्तै २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सभासद् बनायो । फेरि २०७४ धनुषा–१ बाट उम्मेदवार बने । त्यहाँ पनि पराजित भए । २०७९ को निर्वाचनमा पनि समानुपातिकको बन्दसूचीमा परे । तर, निर्वाचित हुन सकेनन् । सांसदको कुरा त उनका लागि दालभात बराबर थियो नै, मन्त्रीसमेत भए ।

  गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०५५ सनलमै पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएर मस्ती गरे, देशका लागि सिन्को भाँचेनन् । त्यही वर्ष मन्त्रिमण्डल फेरबदल हुँदा वन तथा भू–संरक्षणमन्त्री भएर मस्ती गरे । २०४८ पछि यस्तो समय छैन, जहाँ उनले उम्मेदवारीमा अवसर नपाएका हुन् । सबै निर्वाचनमा उम्मेदवार बने । चार पटकसम्म जित्दै मन्त्री समेत बनेका ढुंगानाले फेरि पनि कांग्रेस सभापति शेरबहादुर देउवाको भक्तिभावका कारण राष्ट्रियसभाको अनुकम्पा पाएका छन् । 

कांग्रेसले ढुंगानालाई उम्मेदवार बनाउँदा भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलनको मापदण्डलाई घोर उल्लङ्घन भएको छ । उनी मधेशी समुदायका व्यक्ति होइनन् । सोही कारण उनी २०७० र २०७९ को निर्वाचनमा उनी ‘खस आर्य’ समूहबाट बन्द सूचीमा परेका थिए । कांग्रेसभित्र पनि संस्थापनको नाउँमा देउवाको देवत्वकरण गरेकै भरमा ढुंगानाले मधेशमा रजगज गर्ने मौका पाएका छन् ।

अझै पनि उनले राष्ट्रियसभा बौद्धिक र अनुभवी व्यक्तिहरूको सभा भएकाले त्यसलाई बलियो बनाउन पार्टीले आफूलाई उम्मेदवार बनाएको दावी गर्दै हिंडेका छन् । नैतिकता र लज्जालाई आँखा चिम्लेर यो अवसर जनताले दिएको भनिरहेका छन् । यतिमात्र नभै आफू जत्तिको प्रजातन्त्रका लागि लडाइँ लडेको व्यक्ति मधेशमा अरु कोही नभएको काइते तर्क गरिरहेका छन् । 

 संसदीय व्यवस्था बुझेका व्यक्तिले आफूविरुद्ध आरोप लगाइरहेको भन्दै प्रतिवाद गर्दै हिंडेका छन् । उनको बोली र व्यवहारले नै लोकतन्त्रका लागि दशकौं लडेका मधेशी समुदायका कांग्रेसका नेता कार्यकर्ता र शहीद परिवारलाई ठुलो व्यङ्ग्य बनेको छ ।

माछा जति सधैं गैरमधेशी ढुंगानाको भागमा, मधेशीको भागमा सधैं बुढो भ्यागुतो जस्तो अवस्था भएको छ । नियतिले मधेश केवल कांग्रेसका लागि ‘भोट ब्याङ्क’ बन्न पुगेको छ । यस्तै तालले त अब यो ‘भोट ब्याङ्क’ पनि खरानी हुन बेर छैन भन्छन् सभापति शेर वहादुर देउवाबाट पीडित कांग्रेसजनहरु ।  

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको २०८० पुस १२ देखि १४ सम्म बसेको बैठकले राष्ट्रियसभाका उम्मेदवार चयन गर्नका लागि तय गरेको मापदण्ड ढुंगानाको हकमा धोती लागेको छ । त्यो मापदण्डमा भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पु¥याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने भनेर प्रष्ट भनिएको थियो ।

मधेश क्षेत्रबाट कांग्रेसका तर्फबाट मन्त्रिपरिषद्मा समेत यतिबेला मधेशी अनुहार छैन । कांग्रेसले राष्ट्रियसभा र मन्त्री बनाउँदा मात्र होइन, खुल्ला मधेशको कोटामा पार्टीको केन्द्रीय सदस्यमा समेत अरु समुदायका व्यक्तिले स्थान ओगटेका छन् । केन्द्रीय समितिको आफ्नै निर्णय एक महिना नबित्द कागजको खोस्टो बनेको छ ।

(साँघु साप्ताहिक, २०८० माघ १)