🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बालिका हत्याको अभियोगमा एक पक्राउ

पोखरा, १० असोज : पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति सोही टोलको रहेको बुझिएको छ । यस घटनाको अनुसन्धानको क्रममा एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए । 

पोष्टमार्टमको रिपोर्ट प्राप्त नभएकाले हत्यालगायत अन्य घटनाको विषयमा अहिले बताउन नसकिने उनले बताए  । 

सोमबार साँझ ६ बजे नजिकको पसलमा बिस्कुट खरिद गर्न निस्केकी ती बालिका घर नफर्केपछि मङ्गलबार बिहान आफन्तले खोजी गर्दा घरनजिकको खोल्सा छेउको झाडीमा घोप्टो परेको मृतावस्थामा भेटिएको थियो । 

बाबुले दोस्रो विवाह गरेपछि मामाघरमा बस्दै आएकी उनी स्थानीय आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् । रासस