🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अपहरण भएको भनिएका डा यादव पक्राउ

लहान, १० असोज  : सिरहाको लहानबाट हिजो साँझ अपहरण भएको भनिएका डा सुभाष यादवलाई गएराति ११ बजे प्रहरीले फेला पारेको छ । सप्तरीको मल्हनिया–२ निवासी डा यादवलाई प्रहरीले सर्लाहीको नवलपुरमा फेला पारेको हो । 

अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उहाँकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुट्याउनका लागि डा यादवलाई विगत एक महिनादेखि लहानमै राखिरहेका थिए । हिजो साँझ बजार घुम्न निस्किएका डाक्टर जीपमा चढेर एकाएक फरार भएपछि अपहरणको हल्ला चलेको थियो । 

सम्पर्क हुन छोडेपछि उनका आफन्तले अपहरणमा परेको हुनसक्ने भन्दै प्रहरीमा खबर गरेका थिए । अपहरणमा परेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले डा यादवलाई सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा फेला पारेका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए  ।

यादवसँगै उनलाई भाग्न सहयोग गर्ने एक सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

–––