🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निजगढ विमानस्थलबारे जायज सुझावको सम्मान गर्छौ : वन मन्त्री बस्नेत

काठमाडौँ, १० असोज  : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेका सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने बताए । 

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री  बस्नेतले विमानस्थल निर्माणबारे केहीले सकारात्मक चिन्ता जाहेर गरेको भए पनि केहीले स्थानीय स्वार्थ र राजनीतिक स्वार्थका आधारमा बहस चलाएको टिप्पणी गरे  । 

मन्त्री बस्नेतले भने, “न्यून वातावरणीय क्षतिमा विमानस्थल बन्नुपर्छ, यससम्बन्धी सकारात्मक चासो, चिन्ता र जिम्मेवारीबोधसहित जैविक विविधताको संरक्षणबारे उठाइएका सवाललाई सरकारले उचित सम्मान तथा सम्बोधन गर्छ ।” विकास र वातावरणलाई एकअर्काका विरोधीका रूपमा नभई पूरकका रूपमा अगाडि बढाउनुपर्ने उनको भनाइ थिए  । 

झण्डै ४५ प्रतिशत वन क्षेत्र भएपनि काठको आयात हुनु विडम्बना भएको उल्लेख गर्दै मन्त्री बस्नेतले मुलुकलाई काठमा आत्मनिर्भर बनाई निर्याततर्फको योजना अघि बढाएको अवगत गराए  । उनले वनको दिगो व्यवस्थापन, ढलापडा काठको प्रभावकारी उपयोग र निजी वनबाट उत्पादित काठको ओसारपसारमा कानूनी सहजता अपनाएर काठको आयात निरुत्साहित गर्ने बताए  । 

बैठकमा वन सचिव डा विश्वनाथ ओलीले मन्त्रालय र मातहातका निकायका गतिविधि एवं योजनाका बारेमा जानकारी गराउँदै प्राकृतिक स्रोत साधनको उपयोग र संरक्षण सँगसँगै गर्ने मन्त्रालयको नीति रहेको बताए  । समिति सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा भएको बैठकमा सांसदहरू शान्तिमाया तामाङ, सत्यनारायण शर्मा, शान्ता चौधरी, भूमि  त्रिपाठी, सीतादेवी यादव, राधा ज्ञवाली, दलबहादुर रानालगायतले मन्त्रालयका कामकारवाहीका सम्बन्धमा जिज्ञासा  राखेका थिए।