🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

२० वर्षअघि भएको दुईजनाको हत्याका दोषीमध्ये एकजना पक्राउ

विराटनगर । दुई दशकअघि संखुवासभामा भएको दुईजना पुरुषको हत्यामा संलग्नमध्ये एक महिला पक्राउ परेकी छन् ।

संखुवासभाको चैनपुर नगरपालिकाकी ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी हुन् । कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएकी उनी फरार थिइन् ।

उनलाई मोरङको केराबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार तामाङलाई २०८० माघ १० गते बुधबार पक्राउ गरी संखुवासभास्थित इलाका प्रहरी कार्यालय चैनपुरको जिम्मा लगाइएको थियो ।

घटनामा संलग्न तामाङलाई जिल्ला अदालत चैनपुरले दोषी ठहर गरिसकेको छ । अदालतले २०६६ फागुन १२ गते मुद्दाको किनारा लगाउँदै उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

संखुवासभाको साविकको सिद्धकाली–२ का मंगल लिम्बू र योगेन्द्र दाहालको २०६० फागुन १० गते हत्या भएको थियो । खानेपानीको पाइप हराएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा ८ जना मिलेर उनीहरुको हत्या गरेको खुलेको थियो ।

घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।