🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महेन्द्र रत्नबहुमुखी क्याम्पसका बीस विद्यार्थीको भविष्य अन्योल 

इलाम, १२ असोज : क्याम्पस प्रशासन र डिन कार्यालयका कारण यहाँस्थित महेन्द्र रत्नबहुमुखी क्याम्पसका बागबानी सङ्कायका २० जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । 

गत वर्षसम्म ३० जना विद्यार्थी अध्ययनरत बागबानी सङ्कायमा हाल बढाएर क्याम्पसले ५० जनाको बनाएपछि समस्या आएको हो । आफूसँग दक्षजनशक्ति र भौतिक संरचनासमेत भएको भन्दै क्याम्पसले विद्यार्थी कोटा बढाएको थियो । तर, क्याम्पसले सम्बन्धन लिएको बताइरहे पनि सम्बन्धित कार्यालयले भने ३० जना विद्यार्थी मात्र दर्ता भएको जनाएपछि अन्य विद्यार्थीको भविष्य अन्योल भएको छ । 

आफूलाई क्याम्पसले ५० जनाकै कोटा रहेको भन्दै भर्ना गराएको र पछि डिन कार्यालयबाट ३० जनाको मात्र नाम आएको बागबानी सङ्काय प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी महिमा गौतमले बताइन् । “शुरुमा हामी पढ्ने समयमा क्याम्पसले कोटा बढेको भन्दै भर्ना गराएको थियो । तर पछि डिन कार्यालयको रेकर्डमा ३० जनाको मात्र नाम रहेछम, “हामी त अब पढ्ने कि छाड्ने भन्नेमा छौँ । एक वर्ष त त्यसै जाने भयो ।” 

बागबानी सङ्काय कृषिभित्र पर्ने विषय भए पनि सीमित कोटामा मात्र लोकसेवा भिड्नुपर्ने बाध्यता रहेको र ‘मास्टर’ पढ्नसमेत अन्य विश्वविद्यालयमा नपाइने गरेको अर्का विद्यार्थी मनिस लिम्बू बताए  । 

‘कृषि भित्रकै अरु विषय पढ्नेले सात विषयमा लोकसेवा पढ्न पाउँछन् तर हाम्रो भने तीनवटा मात्र पाइन्छ । हामीबीच किन्न भिन्नता ?’ लिम्बूले भने ,“हामीले पटक–पटक यी विषयमा क्याम्पसलाई ध्यानाकर्षण गरायौं तर समाधान निस्केन ।” 

विद्यार्थीले यी विषयमा क्याम्पस प्रशासन र डिन कार्यालयले समयमै समाधान नखोजे आन्दोलनमा जाने समेत चेतावनी दिएका छन् । “हाम्रो त भविष्य नै अन्योलमा छ । सम्बन्धित पक्षले यसै विषयमा समाधान नखोजे हामी आन्दोलनमा जानुको विकल्प रहदैन ।” विद्यार्थी मनिष लिम्बूले बताए  । 
–––