🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अरनिको राजमार्गका मापदण्ड बिपरीतका संरचना भत्काइए 

काभ्रेपलाञ्चोक, १७ असोज (रासस) : डिभिजन सडक कार्यालय भक्तपुरले अरनिको राजमार्ग दायाँबायाँ मापदण्ड विपरीत बनाइएका संरचना हटाउन शुरु गरेको छ । 

सरकारले भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनको सडक बनाउने तयारी गरेसँगै असोज १५ गते सोमबारदेखि बनेपा नगरपालिका–१४ साँगा भञ्ज्याङबाट सडक दायाँबायाँका घरटहरा तथा अन्य संरचना हटाउन शुरु गरेकोे हो । 

साँगादेखि धुलिखेलसम्मका १५६ घरटहरा हटाइने जनाइएको छ । मङ्गलबार ४५ घरटहरा, इलाका वन कार्यालयको भवनसहितका संरचना भत्काइएको छ । आज पनि जनागालदेखि बनेपासम्मको १० घरटहरा, इलाका प्रहरी कार्यालय बनेपाको पर्खालसहितका संरचना भत्काइएको इप्रका बनेपाका प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले बताए  । 

धुलिखेल नगरपालिकाका वडा नं ३, ४ र ६ मा ३१ घरटहरा भत्काइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए  । विसं २०३१ पहिले बनेका ५६ घरको मुआब्जा दिएर भत्काइने सडक विभागका डिभिजन इञ्जिनीयर गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

राजमार्गमा २५ मिटर अर्थात् ८२ फिट कायम हुने तथा बनेपा बजारको हकमा ७५ फिट मात्रै कायम गरिएको छ । सर्वोच्च अदालतको फैसलापछि बनेपा बजारमा भने ७५ फिट कायम गरिएको हो । 
–––