🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेकपाको जिल्ला कार्यदलले थाल्यो काम

परासी, २५ असोज (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपरासीले परासीस्थित मनमोहन स्मृति भवन अर्थात साविक एमाले पार्टी कार्यालय भवनलाई नै नेकपाको पार्टी कार्यालयको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । 

उक्त पार्टीको जिल्ला कार्यदलको परासीमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । कार्य दलका ज्येष्ठ सदस्य थानप्रसाद गैरेको अध्यक्षतामा बसेको सो बैठकले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै जिल्लाका सातै स्थानीय तहमा छुट्टाछुट्टै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । 

शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रमका लागि सातै स्थानीय तहमा विभिन्न नेतालाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको नेता गैरेले जानकारी दिए । 

नेकपा पश्चिम नवलपरासीको कार्यदललाई जिल्ला र जिल्ला मातहत गाउँपालिका तथा नगरपालिकामा पार्टी गतिविधि सञ्चालन गर्न, जिल्ला तहको भौतिक संपतिको अभिलेख तयार गरी एकीकरण गर्न र जिल्ला मातहतका कमिटीको एकतालाई पूर्णताका लागि सुझाव दिन समितिले निर्देशन दिइएको छ । 

–––