🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युवा पलायन हुदाँ देश बृद्धाश्रम बन्ने खतरा: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताएका छन् । 

आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने बताएका हुन् ।

राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा  रहेको भन्दै उहाँले व्यवस्थाविरुद्ध  उठेका आवाजविरुद्ध सचेत हुन आवश्यक रहेको बताए  ।  व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा ठुलो भिन्नता आउन नसकेको जनाउँदै विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले  जनतामा निराशा छाएको उनले जनाए ।

 सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी काम गर्नै पर्छ । युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको  उल्लेख  गर्दै उनले  रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था नरहेको बताए ।

युवाहरूमा दुव्र्यसनीको सिकार हुने क्रम बढेकोले  सरकारले अब देशैभर हरेक पालिकामा   रिह्याब सेन्टर  खोल्ने अभियान  चलाउने तयारी गरेको उनले बताए । 
शान्ति प्रक्रियालाई निष्कर्ष  पुर्याउन सरकार प्रयत्नशील रहेको भन्दै श्रेष्ठले पीडितलाई न्याय हुने गरी नै टिआरसी विधेयक पास गरिने बताए ।