🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हामीले लड्ने थलो भनेको संसद हो 

(राजपा ६ वटा पार्टी मिलेर बनेको छ, त्यसैले धेरैले भन्छन् अहिले पनि राजपा ६ वटा पार्टीकै समूह हो । संसदमा तेस्रो दलको हैसियतमा रहेको राजपाभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने तर्क–वितर्कमा पनि चलिरहेको छ । समर्थन फिर्ता लिएर आन्दोलनमा जानुपर्ने तर्क पनि उठेको छ । तर, त्यो पनि त्यति सजिलो विषय होइन । समर्थन फिर्ता लिएर आन्दोलनमा जाने भनेको छठपछि हुन्छ । त्यो समय भनेको आन्दोलनका लागि त्यति उपयुक्त होइन जाडोका कारणले । अनि राजपा आफँै पनि महाधिवेशनको तयारीमा लाग्दैछ २०७६ बैशाखका लागि ।  ६ वटा पार्टीलाई एक बनाउने यो एकता महाविधेशन कम चुनौतीपूर्ण भने छैन  । त्यसैले त्यो आन्दोलनको संभावना नभए पनि नेतृत्व कस्तो भन्ने बहसमा राजपा केन्द्रित छ । अर्थात् अध्यक्ष मण्डल कि अध्यक्ष प्रणालीमा जाने भनेर । जसले गर्दा उसले अन्तरिम विधानमा यो विषय टुंगो लगाउन सकेन । अब महाधिवेशनबाट टुंगो लाग्ला कि नलाग्ला ? त्यो गर्भकै विषय बनेको छ । जनमत कमजोर भएका केही नेताहरू अध्यक्ष मण्डलको पक्षमा छन् भनेर टिप्पणी पनि भइरहेको छ । यिनै विषयहरू–सरकारलाई दिएको समर्थन फिर्ता सन्दर्भ र महाधिवेशनको तयारीबारे राजपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्णसँग गरिएको कुराकानीको सम्पादित अंश–सम्पादक) 

० अहिले बाहिर निकै प्रश्न उठ्ने गरेको छ । चर्चा गरिएको छ,  राजपा महाधिवेशनपछि पनि अध्यक्ष मण्डलबाट नै चल्ने भयो भनेर । पार्टीले हालै पारित गरेको अन्तरिम विधानले पनि निकास दिन सकेन, खासमा के समस्या हो ?
–हामी महाधिवेशनको तयारीमा छौं । महाधिवेशनको तयारीमा भएकोले अहिले पारित गरेको विधान स्वतः अन्तरिम हुने भयो । अन्तरिम विधानमा धेरै कुरा नसमेटिन पनि सक्छ । त्यहाँका धेरै कुरा महाधिवेशनको हलले स्वीकार वा अस्वीकार दुवै गर्न सक्छ । त्यसकारणले त्यो महाधिवेशन हलमा उपस्थित सार्वभौम प्रतिनिधिको अधिकार अहिले हामीले छिन्न सक्दैनौं । महाधिवेशन अहिलेको अध्यक्ष मण्डललले नै गराउने हो ।

० महाधिवेशनबाट अध्यक्ष वा अध्यक्ष मण्डल के रहने भन्ने टुंगो लाग्छ भन्न खोज्नु भएको हो ?
–हाम्रो पार्टी राजपामा अहिले अध्यक्ष मण्डलको व्यवस्था छ । पार्टी एकतापछि बनेको यो व्यवस्था कम्तीमा पनि महाधिवेशनसम्म रहने नै भयो । त्यसपछि के हुन्छ भन्ने कुरा महाधिवेशनले कस्तो व्यवस्थाको विधान पारित हुन्छ भन्ने कुराले निर्धारण गर्छ । मैले भन्न खोजेको के मात्रै हो भने अहिलेको विधान अन्तरिम विधान हो । त्यसकारणले अहिले के ब्यवस्था भएको छ भन्ने कुराले पार्टीको भोलिको कुरा निर्धारण गर्दैन, महाधिवेशनमा छलफल हुन्छ अध्यक्ष मण्डल  रहने कि  अध्यक्षमात्रै रहने भनेर । त्यो छलफल र बहस जुन पक्षमा देखिन्छ त्यसै अनुसार अगाडि बढ्छौं । अहिले हामीले त्यो विषयामा धेरै बोल्ने कुरा भएन । 

० अहिले महाधिवेशनको तयारीमा हुनुहुन्छ । त्यही महाधिवेशनका लागि अन्तरिम विधान समेत पारित गर्नुभयो  । तर, महाधिवेशन तयारीका लागि केही काम भएको देखिन्न त ? 
–वडादेखि केन्द्रसम्म नै महाधिवेशनको तयारी भइरहेको छ । वडादेखि नै तदर्थ समितिहरू बनिरहेका छन् । केन्द्रबाट सर्कुलर पनि गइसकेको  छ । त्यो सर्कुलर अनुसार काम गरिरहेका छन् । जिल्लाहरू भेला भइरहेका छन् । काम नै भएको छैन त कसरी भन्ने ? अहिले गाउँदेखि नै समितिहरू बन्न थालेका छन् । पार्टीले केही समय पहिला सबै जिल्ला÷जिल्लामा सर्कुलर गरेर केन्द्रीय नेताहरूको उपस्थितिमा भेलाहरू गरी विवरण केन्द्रमा पठाउनु पनि भनिसकेको छ । त्यो काम जिल्लामा भइरहेको छ । 

० तर, सदस्यता वितरण हुन नसकेको, त्यो पनि ठूलै समस्या छ भन्ने त पहिलादेखि नै चर्चा हँुदै आएको कुरा भयो नि ?
–यो सदस्यता वितरण समस्या होइन । समस्याकारुपमा धेरै बुझ्न पनि हुँदैन । अब अहिले बन्ल्ल तदर्थ समिति बन्न थालेका छन् । पार्टी एकतापछि केही कुरामा समस्या देखियो । अर्थात् कमिटीहरू ठूला भए । कतिपय स्थानमा काम गर्न गाह्रो भयो होला । त्यसले समस्या भयो पनि होला । तर, ती तदर्थ समिति बनेपछि सक्रिय सदस्यता वितरण गरिन्छ । त्यो काम अब हुन्छ । त्यसकारणले यो समस्या हो भनिहाल्न भएन । पार्टीले सर्कुलर गरेर कमिटीहरूको भेला भएको जानकारी केन्द्र पठाउनु भनेअनुसार नै पठाउँछन् । त्यसपछि यो सदस्यता वितरणको कुरा पनि अगाडि बढ्छ । 

० सदस्यता एउटा विषय हो, केही जिल्लामा विवाद चर्किएको अर्थात् पार्टी एकता भएपनि मनैदेखि एकता हुन नसक्दा राजपा एउटा पार्टी भएर पनि ६ वटाजस्तो देखिइरहेको छ भन्ने गुनासो पनि छ नि ?
–अहिले यो कुरा उठाउनु त्यति सान्दर्भिक हँुदैन । किनभने हामी एकढिक्का भएर निर्वाचनमा गइसक्यौं । त्यहाँबाट निर्वाचित भएर पनि आएका छौं । अब महाधिवेशनको तयारीमा छौं । महाधिवेशनको तयारीमा भएको पार्टीभित्र केही सामान्य कुरामा बहस, छलफल हुनसक्छन् । त्यसमाथि यो पार्टी एकता महाधिवेशन पनि हो । त्यसले जिल्लाका कुरा कमिटीका कुरा आउन सक्छन् । तर, तपाईले भनेजस्तो होइन । अब नेता कार्यकर्ताले त्यस्तो स्वीकार गर्दैनन् । जनमतले एउटै पार्टी भनेर जिताइसकेपछि पनि त्यस्तो व्याख्या गर्न मिल्दैन । ६ वटा पार्टी मिलेर बनेका कारण केही कुरामा कसैले प्रश्न उठाउँछन् होला । तर, त्यो संधैभरी रहने वा भइरकेको छ भन्ने होइन ।

 
० तपाईहरूको पार्टी अलिक बढी मनोनितको संस्कारबाट आउने गरेको थियो । महाधिवेशनका प्रतिनिधिहरूले कसरी पार्टी नेतृत्व चयन गर्छन्  ?
–वडाहरूदेखि नै कमिटीहरू बनिरहेका छन् । ती कमिटीहरू निर्वाचित भएर नै आउनेछन् । त्यसकारणले मनोनित संस्कारको कुरा हुनेछैन । लोकतन्त्रको अभ्यास भनेको नै निर्वाचन हो । त्यसकारणले पार्टीलाई अझ लोकतान्त्रिक बनाउन ती कमिटीहरू निर्वाचित हुनेछन् । त्यसै अनुसार अहिले धेरैले तयारी पनि गरिरहेका छन् । यो असोज महिनाभरीमा धेरै कुरा छर्ल¨ हुनेछन् । महाधिवेशनका कामहरू पनि देखिनेछन् । त्यतिबेला चाहिं  काम केही भएन भन्न सक्ने अवस्था नहोला ।

 ० तर, संघीय संरचनाको घोर पक्षपाती दलका रुपमा आपूmलाई स्थापित गराउने प्रयत्न गर्नुहुन्छ । तर, तपाईको पार्टी नै संघीय संरचनामा गएको छैन । अहिलेसम्म प्रदेश कमिटी नै बनेको छैन किन हो, जबकि अरु सबै दलहरूले बनाईसके ?
–संघीयताका लागि निरन्तर लडेको दल हो ।   अहिले एकतामा छौं । पहिला जुन पार्टी र संरचनामा भएपनि संघीयताको पक्षमा भने लडेकै हो । त्यो कुरा प्रष्ट  छ । अनि अहिले पार्टी प्रदेश संरचनामा गयो कि गएन भन्ने मुख्य कुरा होइन । पहिलो कुरा अहिले प्रदेश कमिटीहरू बन्न थालेका छन् । त्यसकारणले त्यो प्रश्नलाई जवाफ पुग्छ । अर्को कुरा, यो संविधानको प्रादेशिक संरचनाप्रति पार्टीको असहमति पनि छ । त्यसकारणले त्यो असहमति र आन्दोलनका कारणले पनि प्रदेश कमिटी बनाउन ढिलाई भएको हो । त्यसकारणले हाम्रो पार्टी संघीय संरचनामा गएन भन्न मिल्दैन । त्यसका प्राविधिक कुरालाई व्याख्या गरेपछि त्यो आफै प्रष्ट हुन्छ । 

० तपाईहरू अहिलेको प्रदेश संरचनालाई स्वीकार गर्नुभएको छैन । अर्थात् यो संविधानप्रति पनि असहमति जारी छ । तर, महाधिवेशनका लागि आउने प्रतिनिधिहरू कसरी चुनिन्छ त ? 
–संविधानप्रति हाम्रो पार्टीको असहमति जारी छ । त्यसबारे धेरै कुरा भन्नु पर्दैन । मधेशी, जनजाति तथा उत्पीडित जनताले असहमति जनाएको संविधानमा हामीले सहमति गर्ने कुरा भएन । त्यसैले हामीले संविधान संशोधनको मुद्दा छोडेका छैनौं । यद्यपि, अहिलेको संरचना अनुसार नै महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । हरेक प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबाट १२ जनाका दरले निर्वाचित हुनेछन् । त्यस अनुसार प्रदेशसभा निर्वाचन क्षेत्रबाट ६/६ जनाको दरले महाधिवेशन प्रतिनिधि चयन हुनेछन । 

० अर्को कुरा गरौं, अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने कुरा पनि उठेको छ । खास के कुरा हो राजपाको ? 
–राजपा सरकारको समर्थनमा छ तर सरकारमा सहभागी छैन । सरकारमा सहभागी भएर फिर्ता लिएको अवस्था भएको एउटा कुरा हुने थियो । तर, त्यो अवस्था छैन ।  अर्थात राजपाले फिर्ता लिए पनि नलिए पनि केही फरक पर्दैन । तर, सरकार संविधान संशोधनका विषयमा कसरी अगाडि बढ्छ भन्ने कुरा पनि मुख्य हो । अहिले हामीले लड्ने भनेको संसदमा हो । 

० समर्थन फिर्ता लिएर आन्दोलन जाने हल्ला पनि छ राजपाको । छठपछि आन्दोलनमा जाने हो ? 
–महाधिवेशनको तयारीमा रहेका कारण हामी सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि आन्दोलनमा गइहाल्न सक्दैनौं । २०७६ बैशाखको महाधिवेशनको तयारीका लागि केही समय आवश्यक पर्छ जबकि छठपछि त महाधिवेशनको तयारीलाई पनि तीव्र पार्नुपर्नेछ । 

० सरकारको गतिविधि र काम गराईप्रति तपाईको टिप्पणी के छ ?
–जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन भन्ने सबैतिर आएको कुरा भयो । हामीले समर्थन गर्ने बेला भएको सहमति अनुसारका काम पनि भएका छैनन । जनताका दैनिक जीवनसँग जोडिएका काम पनि हुनसकेका छैनन् र संविधान संशोधनलगायतका काम पनि भएनन् ।