🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’\’गल्ती गर्ने कसैलाई नछोड्नुस् प्रधानमन्त्रीज्यू, डण्डा लगाएर तह लगाउनुस् ।” 

काभ्रेपलाञ्चोक, २८ असोज (रासस) : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा गल्ती गर्ने जोसुकैलाई कारवाही गर्न आग्रह गरेका छन्  । 

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाले सञ्चालन गर्न लागेको नगरबस उद्घाटन सभालाई असोज २८ गते  कुन्ताबेँसीमा सम्बोधन गर्दै नेता नेपालले भने, “सरकारसँग स्वदेश र विदेशमा बस्ने नेपालीले वर्तमान सरकारले राम्रो गर्छ भन्ने अपेक्षा गरेका छन्, त्यसैले गल्ती गर्ने कसैलाई नछोड्नुस् प्रधानमन्त्री ज्यू, डण्डा लगाएर तह लगाउनुस् ।” 

नेता नेपालले प्रदेश नं ३ को राजधानी कहाँ राख्ने भन्ने विषयमा सबै पक्ष छलफलमा जुट्नुपर्ने बताए  । उनले भने, “काभ्रेपलाञ्चोक नै राजधानी राख्ने विषयमा तर्क पुष्टि गर्नुहोस् ।” 

नेता नेपालले काभ्रेपलाञ्चोकको बनेपास्थित नागीडाँडामा आन्तरिक विमानस्थल बनाउने विषयमा आफूले पनि गम्भीररुपमा पहल गर्ने बताए  । उनले पाँचखाल नगर चीनसँगको व्यापारका लागि उपयुक्त भएकाले काभे्रपलाञ्चोकको महत्व निकै रहेको बताए  । 

नेता नेपालले स्थानीय जनप्रतिनिधिले स्थानीय तहमा सुशासन सिकाइ जनताको आँखाको नानी बन्नुपर्छ बताए । उनले भने, “जनताको आँखाको नानी बन्ने उपाय खोज्नुस् ।” “जनतालाई सेवा सुविधा दिन नसके वर्तमान जनप्रतिनिधि र सरकारको औचित्य पूरा हुँदैन”, नेता नेपालले भने  । 

नपाले हेलम्बु यातायात सेवा समितिसँग समन्वय गरी आफ्नो क्षेत्रमा छ वटा नगरबस सञ्चालन गरेको हो । 
–––