🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिके राउतका तीन कार्यकर्ता पक्राउ

धनुषा, २८ असोज (रासस) : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवेशद्वारबाट सञ्जय यादव, विश्वनाथ चौधरी र अमरदीप यादवलाई धनुषा प्रहरीले असोज २८ गते  पक्राउ गरेको छ । 

पक्राउ परेका तीन जना रौतहटको गौरबाट पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतको रिहाइको माग गर्दै मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउन गएका थिए । 

कार्यालयको प्रवेशद्वारमै सुरक्षाकर्मीले के काम विशेषको बारेमा ज्ञापनपत्र बुझाउन आएको सोधेपछि उनीहरुले आफूहरु सिके राउतको समर्थक रहेको बताएपछि तत्कालै पक्राउ गरेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए  । 
–––