🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेफ्टी ट्यांकीमा निस्सासिएर एक जनाको मृत्यु

जनकपुरधाम, १७ चैत । धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सरसफाइ गर्ने क्रममा निस्सासिएर एक मजदुरको मृत्यु भएको छ । 

सफा गर्न सेफ्टी ट्यांकीमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिक (डोम)को निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय विनय यादवका अनुसार नगरपालिकाले तलबभत्ता नतोकेपछि काम छाडेका ठेकु आज काममा गएका थिए । उनको मृत्यु भएको खबर आएपछि मात्रै परिवारले ठेकु काममा गएको जानकारी पाएको विनयले बताए ।

प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ ।