🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मानिसलाई निद्रा नपुगे के हुन्छ ? 

कतिपय मानिस कामको भागदौडकै कारण ५÷६ घण्टा मात्रै निद्रा लिने गर्दछन् र यसको असर आफ्नो शरीरमा भएको महसुस गर्दैनन् । स्वास्थ्य विज्ञका अनुसार ८ घण्टाको पर्याप्त निद्रा हुनुपर्दछ । निद्रा पर्याप्त नभएमा शरीरमा अनेक किसिमका समस्याहरु देखापर्न सक्दछन् । 

–स्वस्थ रहनका लागि राम्रो र पर्याप्त निद्रा हुन आवश्यक छ । विज्ञका अनुसार दिनमा ७ देखि ८ घण्टा राम्रो निद्रा हुन आवश्यक छ ।

 
–दैनिक ७–८ घण्टाको निद्रा नपुगेको खण्डमा रगतमा सुगर लेभल बढ्न गई मधुमेहको समस्या सिर्जना गर्न सक्छ । 

–कोर्टिसोल एक स्ट्रेस हर्माेन (तनाव बढाउने) हो । पर्याप्त निद्रा नभएमा शरीरमा कोर्टिसोलको मात्रा बढ्न जान्छ । जसकारण टाइप–२ मधुमेह बढ्ने खतरा रहन्छ । 

–त्यसैगरी शरीरमा कोर्टिसोलको मात्रा बढ्न गई टेस्टास्टेरोन घट्न जान्छ । जसले शरीरमा थकाई लाग्ने, यौन चाहना घट्ने, शरीर कमजोर बन्न जाने हुनसक्छ । 

– निद्रा राम्रो नभएमा मानसिक स्वास्थ्यका लागि पनि हानिकारक हुनसक्छ । 

–निद्राको कमीले शरीरको प्रतिरक्षा घट्ने, तनाव बढ्ने, क्यान्सरको समस्या सिर्जना हुने, कपाल झर्ने जस्ता विभिन्न शारीरिक समस्याहरु देखिन सक्छन् । त्यसैले पर्याप्त मात्रामा निदाउनु जरुरी छ । (साँघु साप्ताहिक, २०८० चैत १९)