🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विराट गोल्डकपको सेमिफाइनलको समीकरण पूरा

विराटनगर  । मछिन्द्र क्लब विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको शहीद रङ्गशालामा गएराति सम्पन्न खेलमा मछिन्द्रले भारतको कलकोत्ता साउर्थन समिति फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

मछिन्द्रको जितमा स्टेफेन बिनोङले दुई गोल गरेका थिए भने कोलकोत्ताका साउर्थनसोनु हवल्दारले एक गोल गरेका थिए ।

अब पहिलो सेमिफाइनल खेल मोरङको साङ्ग्रिला फुटबल क्लब र विभागीय टोली एपीएफ खेल्ने भएका छन् भने दोस्रो सेमिफाइनलमा मछिन्द्रको सामना  भारत सिक्किमको ड्रेगन फुटबल क्लबले गर्ने छ । पहिलो सेमिफाइनल खेल आज हुँदै छ ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।