🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुई लाख घुससहित नापीका सर्वेक्षक चौधरी पक्राउ 

काठमाडौं, कात्तिक १३ गते । नेपाल विद्युत प्राधिकरण, उप वितरण केन्द्र बुढानीलकण्ठ काठमाडौंमा कार्यरत इलेक्ट्रिसियन (तेस्रो तह) का कृष्णप्रसाद शर्माले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग विभिन्न बहानामा घुस  माग गरिरहेको उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले पक्राउ गरेको छ।  

निज कृष्णप्रसाद शर्मालाई रु.२०,०००।– (वीस हजार) घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइ अनुसन्धान हुँदा निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो रु.२०,०००।– (वीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावीसहित  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरेको छ ।

नापीका घुस्याहा  सर्वेक्षक चौधरी पक्राउ 

नापी कार्यालय, लाहान, सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीले नाप नक्सा बमोजिम जग्गाको क्षेत्रफल सच्याइ धनीपूर्जामा कायम गरीदिने बाहानामा सेवाग्राहीसँग घुस-रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।  

आयोगको कार्यालय बर्दिवास, महोत्तरीबाट खटिइ गएको टोलीले निजलाई रु.२,००,०००।– (दुई लाख) घुसबापतको रकम लिइसकेको अवस्थामा नापी कार्यालय, सिराहाबाट  २०७५ कात्तिक १३ गते नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको आयोगले जनाएको छ।