रेस्टुरेन्टमा सामान्यतया वेटरलाई खुसी पार्न टिप्स दिने गरिन्छ । यो रकम सामान्यतया सानो रकम हुने गर्दछ । तर, विश्वमा केही यस्ता मनकारी व्यक्ति पनि भेटिन्छन् जसले भारी रकम टिप्समा दिने गर्दछन् । हो, एक खबरका अनुसार, एकजना व्यक्तिले दुई बोत्तल पानी अर्डर गरेर महिला वेटरलाई लाखौं रुपैयाँ टिप्स दिएर सबैलाई छक्क पारेका छन् । ती व्यक्ति चर्चित युट्यूब बल्गर जिम्मी डनल्डसन हुन् ।
यो रकम १० हजार डलर अर्थात् ११ लाख बराबरको रकम थियो । उनले पानी लिएर टेबुलमा पैसा राखेर हिंडेका थिए । अमेरिकाको ग्रिनविलेमा सप डग्स रेस्टुरेन्टको महिला वेटर ऐलेना कस्टरले यत्रो रकम प्राप्त गरेर भाग्यमानी वेटरमा दर्ज भएकी छिन् । जिम्मी सामाजिक सञ्जालमा मिस्टर बिस्टले चर्चित छन् । उनको युट्यूबमा ९० लाख सब्सक्राइबर रहेका छन् ।




