🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयो : अध्यक्ष उपेन्द्र यादव

जनकपुरधाम, २९ वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विशेष साजिस तथा व्यक्तिगत स्वार्थका कारणले आफ्नो पार्टी विभाजन भएको जिकिर गर्नुभएको छ ।

मधेश स्वास्थ्यकर्मी फोरम नेपालको चौथौ राष्ट्रिय महाधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै उहाँले पार्टी फुटाउने कार्य सत्ता स्वार्थका लागि भएको र त्यसबाट जनतालाई धोखा दिएको आरोप लगाउनुभयो ।
 

विगतमा पनि केही व्यक्तिले आफ्नो स्वार्थका लागि पार्टी फुटाएर गएको स्मरण गर्दै उहाँले अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको तर त्यसबाट पार्टीलाई कुनै असरनपर्ने दाबीसमेत गर्नुभयो । आफूबाहिर गएको मौकाछोपी केही व्यक्तिले निहित स्वार्थमा पार्टी फुटाएको भन्दै उहाँले पार्टी फुटाउनेहरूको कुनै भविष्य नरहेको पनि बताउनुभयो । पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र फुटेर गएका साथीहरू आत्मलोचनासहित फर्किने पनि उहाँको भनाइ थियो । 

आयोजक संस्थाका अध्यक्ष सचितानन्द जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरणराज्यमन्त्री दीपककुमार कार्की, मधेस प्रदेशका समाज कल्याण तथा खेलकुदमन्त्री सुरिता साह र मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।