🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आगामी रणनीति तय गर्न नेकपा एसको बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । आज ललितपुरस्थित कान्तिपुर गार्डेनमा बैठक बसिएको हो ।

बैठकमा राजनीतिक प्रतिवेदन, आगामी कार्यक्रम, विधान र संगठनात्मक प्रस्ताव गरेर चारवटा दस्तावेजहरुमाथि छलफल हुने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

उनले छलफलको प्रक्रिया बुधबार साँझ कार्यकर्ताहरुको सुझावसहित नयाँ प्रतिवेदन पुनःलेखन गर्ने योजनाका साथ सम्पन्न हुने पनि बताए ।

खतिवडाले बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको आफ्नो दृष्टिकोण, आफ्नो मान्यता र अडानका साथ राष्ट्रिय राजनीतिमा आफूलाई प्रस्तुत गर्ने कुरालाई जोड दिएको पनि जानकारी गराए ।

उनले भने, ‘पार्टी अध्यक्षले आजको राजनीति संवेदनशिलता, नेपालको अवस्थाको बारेमा चर्चा गर्दै नेकपा एकीकृत समाजवादी आफ्नो दृष्टिकोण, आफ्नो मान्यता अडानका साथ राष्ट्रिय राजनीतिमा आफूलाई प्रस्तुत गर्ने कुरालाई जोड दिन्छ ।’