🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गायक लकी अलीको जग्गा कब्जा

काठमाडौं । बलिउडका लोकप्रिय गायक लकी अलीले हालै कर्नाटकको एक आईएएस अधिकारी रोहिणी सिन्दुरीसहित उनका पति र देवरविरुद्ध उजुरी दर्ता गराएका छन् । गायक र आईएएस अधिकारीको रियल स्टेट एजेन्ट परिवारका साथ लामो समयदेखि जमिनलाई लिएर विवाद चलिरहेको थियो । जसकारण उनले उजुरी दर्ता गराएका हुन् ।

उनले लोकायुक्तमा दर्ता गराएको उजुरीमा रोहिणी, उनका पति र राजनीतिक पहुँच भएका देवरले सरकारी प्रक्रिया र पैसालाई गलत रुपमा प्रयोग गर्दै उनको जमिनलाई गैरकानूनी रुपमा कब्जा गरेको आरोप लगाइएको छ । लकीले आफ्नो जमिन कब्जा भएको भन्दै उजुरी दिएको यो दोस्रो पटक हो ।

हालैमात्र लकीले ट्वीटर (एक्स) हेण्डलमार्फत आफूले आईएएस अधिकारी रोहिणी सिन्दूरी, उनको पति र देवरविरुद्ध कर्नाटकको लोकायुक्तमा उजुरी दर्ता गराएको उल्लेख गरेका छन् । लकीले यसअघि डिसेम्बर, २०२२ मा पनि कर्नाटक प्रहरीका डीजीपीलाई ट्याग गर्दै आफ्नो जमिन कसैले कब्जा गरेको ट्वीट गरेका थिए । ‘मेरो फार्म, जुन एक ट्रष्टको सम्पत्ति हो, त्यसमाथि जमिन माफिया मधु रेड्डी र सुधीन रेड्डीले आईएएस सिन्दुरीको सहयोगले कब्जा गरेका छन’, उनले सन् २०२२ मा ट्वीट गरेका थिए ।

आईएएस अधिकारी रोहिणीविरुद्ध कानूनी उजुरी परेको यो पहिलोपटक होइन । यसअघि सन् २०२३ मा भारतीय पुलिस सेवाका अधिकारी डी रुपा मुदगिलले उनीविरुद्ध कैयौं आरोप लगाएकी थिइन् ।