🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हायात होटलले हड्पेकाे अर्बौंको सरकारी सम्पत्ति सरकार नै किन खाेज्न चाहँदैन ?

काठमाडाैं । हायात होटलको जग्गा र सेयर विवादले फेरि प्रतिनिधिसभामा प्रवेश गरेको छ । होटलले सरकार(तारा गाउँ)को अर्बौंको सम्पत्ति हडपेर विजनेश गरिरहेको कारण लामो समयदेखि विवाद रहेको छ । त्यो विवादलाई सल्टाउन सरकारकाले गम्भीरतापूर्वक लिएको छैन ।

सरकार नै  हायात होटलका मालिकहरू सर्राफ समूह र आइसीटीसी ग्रुपका व्यापारीसँग विगतमा पर्यटन मन्त्रीहरू र मन्त्रालयका सचिवहरू र कर्मचारीहरू मिलेर खल्ती भर्ने तर, विवाद सल्टाउन नलागेका कारण हरेक बर्षजसो प्रतिनिधिसभामा यस्तो विवाद उठ्ने गरेको छ । तर, दुर्भाग्य वियषकाे टुंगाे भने कहिल्यै लाग्दैन ।

 संसदको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा हायात होटलले प्रयोग गरिरहेको तारागाउँ विकास समितिको जग्गाको विषयमा लामाे समयदेखि छलफल हुँदै आएको छ ।

अघिल्लो साता पनि यो भ्रष्टतन्त्र र घाेपलाबाजीका विषयले प्रवेश पाएको थियो । संसदीय समितिमा भने हाेटेल हायातको विवादका विषयमा छानबिन गर्न संसदीय उपसमिति गठनबारेमा लछफल गर्दैछ ।

  पहिला अग्नि सापकोटाको नेतृत्वमा छानबिन उपसमिति बनेको उक्त उपसमितिले जग्गा विवादमा निजी व्यापारीको छलछाममा सरकार लागेको निष्कर्ष निकालेको थियो । संसदीय समितिकै उक्त प्रतिवेदन हालसम्म कार्यान्वयन हुन सकेको छैन ।

  सापकोटा प्रतिवेदन कार्यान्वयन नगरी फेरि संसदीय उपसमितिले छानबिन गर्ने विषयमा छलफल सुरु गरेको हो । विषय टुंगो लगाउनेभन्दा पनि विषयलाई ढाकछाेप गरेर वा गिजोलेर राख्ने भ्रष्ट प्रवृत्तिका कारणले हायात रिजेन्सी हाेटलको झन्डै ३० अर्ब रुपैयाँ बराबरको सम्पत्तिमा खेलाँची गरिरहेको बताइएको छ ।