भारतको बैंग्लोरमा एक ५७ बर्षीय वृद्धले आफ्नै लिंग काटेका छन् । भारतको उत्तर बैंग्लोरको सोनादेवानाहाली क्षेत्रका स्थायी ती वृद्धले लिंगछेदनकै कारण जीवन गुमाएका छन् । नानजप्पा नाम गरेका ती व्यक्ति पेशाले एक मजदूर हुन् । उनी एकदमै पियक्कड थिए । नशामा धूत् बनेपछि उनले बेलुका आफ्नै लिंग काटेका थिए । खबरका अनुसार, अस्पताल पुग्नुभन्दा अगाडि नै उनको मृत्यु भइसकेको थियो ।
लिंग छेदन भइसकेपछि उनी घरमै भुईमा लडेका थिए । उनका छोरा सो समयमा बाहिर काममा थिए । उनका छोराले आफ्नो बाबुले यस्तो कदम किन उठाएको भन्ने बारेमा आपूmलाई थाहा नभएको बताएका छन् । यस घटनाबारे प्रहरीमा कुनै जाहेरी नपरेको प्रहरी अधिकारीले बताएका छन् ।




