काठमाडौं । गुठी संस्थानले हजारौं बिगाहा जग्गा नक्कली मोही खडा गरी हिनामिना गर्न अदालतले रोक लगाएपछि लिजमा दिएर अनियमितता गर्न थालेको खबर छ । संस्थानले नियम कानून मिचेर गजेन्द्रनारायण सिंह प्रतिष्ठानलाई १ सय बर्षका लागि धनुषाको ५१ बिघा जग्गा लिजमा दिएको छ । उक्त जग्गा प्रतिष्ठानलाई के आधारमा लिजमा दिइएको हो भन्ने सूचना संस्थानसंग माग गर्दा आर्थिक र ब्यापारिक कारोबार भएकाले सूचना दिन नमिल्ने जवाफ दिएको छ । संस्थानले २०७४ असार ११ गते सूचना दिन नमिल्ने जवाफ दिएको हो ।
संस्थानले गजेन्द्रनारायण प्रतिष्ठानसंग आर्थिक र ब्यापारिक कारोबार भएको भनेर सूचना दिन इन्कार गरेको छ । ३ महिनादेखि सूचना माग्दा पनि नदिएपछि सूचना आयोगमा उजुरी हालेपछि दिन नमिल्ने जवाफ २०७४ असार ११ गते दिएको छ ।




