मानिसको जुम्ल्याहा बच्चाको बारेमा त सुनेकै छौं तर कुनै एउटा अण्डाबाट जुम्ल्याहा चल्ला कोरलिएको कहिल्यै सुनेका छैंनौं होला । हो, हालै क्यानडामा यस्तै घटना भएको छ । एउटा हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्किएका छन् । यी चल्लाको जिउ पनि जोडिएको छ । क्यानडाको नोभा सकोटियाकी अम्बर ब्रानेनले इन्कुम्बेटरबाट कृत्रिम रुपमा हाँसको अण्डा कोरल्दा एक अण्डाबाट जुम्ल्याहा चल्ला निस्किएका हुन् । उक्त जुम्ल्याहा चल्लाको नाम नोभा र स्कोटिया राखिएको छ । ती चल्लालाई घरमा पाल्ने निधो पनि अम्बर परिवारले गरेका छन् । योभन्दा पहिले पनि बेलायतमा पन्छिको अण्डाबाट जुम्ल्याहा चल्ला निस्किएको बताइन्छ ।




