काठमाडौ, सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसा बांस्कोटाले राष्ट्पति सि जीनपींगको भ्रमणबाट चीनले नेपाललाई महत्व दिएकोले यो भ्रमणलाई अंकमा नजोख्न आग्रह गरेका छन् ।
महामहिम राष्टपति सि को भ्रमण राष्टको लागि गौरवको कुरा औंल्याउदै नेपाली जनता, नेपाल राष्टको लागि उपलब्धीपूर्ण हुने विश्वास उनले राखे ।
‘यो भ्रमण अंकमा जोखिने, बजारमा गएर सपिंग गर्ने जस्तो विषय होइन । त्यो रुपमा हामीले हेर्न हुदैन । यो नेपालको निम्ति चिनले पनि दिएको महत्व हो । हामी संगसंगै छौं । हामी दुखसुखका हजारौं वर्षदेखिका साथी हौं र हामी संगैसगै अघि बढ्ने सन्देश पनि हो । र, यो विश्व जनमतलाई पनि यो सन्देश हो, मन्त्री बांस्कोटाले राजधानीमा एक कार्यक्रममा भने ।
चिनिया सद्भाव नेपाललाई प्रशस्त रहेको उल्लेख गर्दै उनले साझा दृष्टिकोणका आधारमा ठोस निष्कर्ष निकाल्ने तयारीमा सरकार रहेको जानकारी उनले दिए ।
‘हामी आशा गर्न सक्छौं । हाम्रा दृष्टिकोणहरुको साझापन र हाम्रा क्षमताहरुको सन्तुलनको बीचमा हामी यसलाई सफलतातिर लाने कोशिश गर्नेछौं । र त्यसमा चिनिया सद्भाव पनि हामीले प्राप्त गर्नुपर्ने हुन्छ । त्यो सद्भाव नभइकन त सहयोग हुदैन । उच्च सद्भाव हामीलाई छ, उनले भने । राष्ट्पति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणमा चिनिया राष्टपति सि शनिवार नेपाल आउदै छन् ।
दोस्रो ठूलो अर्थतन्त्र भएको देशको राष्टपति नेपाल आउदा जनताले बढी अपेक्षा गर्नु स्वभाविक रुपमा लिनुपर्ने मन्त्री बांस्कोटाको बुझाई छ । ‘तर, चिनको पनि विश्वव्यापी दायित्वहरु छन् । आफनै दायित्वहरु पनि छन् । छिमेकीसितको असल सम्बन्ध, सहयोग र सद्भावलाई अघि बढाउने उसका पनि आफ्नै सीमाहरु छन् । ती सीमा र हाम्रा आकांक्षाहरुबीचको सन्तुलनभित्र हामी यो विषयलाई टुंगोमा पुर्याउन सक्छौं जस्तो लाग्छ, उनले भने । अहिले नै तुलोमा हालेर जोख्नु गलत हुने उनले बताए ।
‘कति अर्ब बोकेर आउने, कति करोड बोकेर आउने जस्तो नगरौं । चीनका आफ्नै दायित्वहरु छन् । कमजोर छिमेकी रहिरहनु भनेको शक्तिराष्टहरुका लागि दुखको कुरो हुन्छ, उनले भने ।
नेपालीहरुको बडा दशैंकै बेला हुन लागेको भ्रमणमा दशैंकै सन्दर्भको उदाहण राख्दै मन्त्री बास्कोटाले गाउघरमा छिमेकमा ठूलठूला घरमा दशैको भोज मनाइरहदा झुप्रोमा बसेको नागरिकले त्यतापटि हेरेर घुटुघुटु थुक निल्यो भने त्यो महलको त्यो वैभवताको खिल्ली उडाएजस्तो देखिने प्रसंग पनि राखे । त्यसैले पनि शक्ति राष्टहरुले आफ्ना सीमामा रहेर सहयोग र सहकार्य गर्दै आएको उनले बताए ।
आज चिन विश्वभरकै आकर्षणको केन्द्र भएकाले अवश्य नै विकासमा चीन लगायत सबै मित्रराष्टहरुको सरकारले साझेदारी गर्ने उनले बताए । ‘विआरआइको जहासम्म कुरा छ यो आम रुपमा भन्दा विश्वसंग जोड्ने कुरा हो । यसले जीवनयापनलाई, उत्पादनलाई सहज रुपमा जोडने र आगमन, ब्यापार र मानवीय क्षमता, ज्ञानले उत्पादन गरेका चीजहरु सबैसित बांडेर लिने अवसर पनि हो, उनले भने ।
यसमा नेपाल मात्र होइन युरोप र विश्वका धेरै देशहरु सामेल भइसकेको सन्दर्भ उनले राखे । ‘जहासम्म भारतको सरोकारको कुरा छ, हामी अहिले यतिमात्र भन्न सक्छौं हाम्रा साझा चासोहरुमा कुरा राख्न सक्छौं । बिआरआइको बारेमा भारतको आफ्नै दृष्टिकोण हुन सक्छ । अमेरिकाको आफ्नै दृष्टिकोण हुन सक्दछ । प्रत्येक राष्टहरुको आफ्नै दृष्टिकोण हुन सक्छ, बास्कोटाले भने ।
चिनसित सम्बन्ध वा साझेदारी गरिरहदा अर्को देशसंग जोडेर होइन, हाम्रो आवश्यकतासित जोड्नुपर्नेमा सरकार रहेको उनले प्रष्ट पारे । ‘भारतसित कुनै काम गरिरहदा पनि अर्को देशसित जोडेर गर्न हुदैन । र, अमेरिकासित गरिरहदा पनि अर्को देशसित जोडेर गर्नु हुदैन । यो स्वभाविक हो । चीन र हाम्रा दुई छिमेकी राष्ट हुन । असल राष्ट हुन र हाम्रा असल छिमेकी पनि हुन् । अरु देशसंगको सम्बन्ध पनि विशेष छ । तर, यो अझ विशेष छ, बास्कोटको भनाई थियो .। सीको विचारमा सरकार गयो भनेर कांग्रेसले भन्नु हावादारी कुरा भएको उनले बताए ।
‘सीको विचारलाई के के रुपमा बुझ्ने ? यो विचारधारा दर्शनमा के हो ? सिद्धान्तमा के हो ? व्यवहारमा के हो ? चिनिया प्रयोगमा के हो ? हरेक देशका विचारधारा, दर्शन आफ्ना मौलिकताभित्र निहित हुन्छन र ती चीजहरुबाट अरुले शिक्षा अथवा लाभ हुने कुराहरु ग्रहण गर्न सक्छन् । तर कुनै पनि देशमा कुनै पनि विचारधाराको निर्यात हुन सक्दैन । त्यसबाट मान्छेहरुले शिक्षा लिने र आफूूूलाई काम लाग्ने कुराहरुबाट आफ्नो पनि प्रगति गर्न सक्छन्, बास्कोटाले भने ।
चिनतिर सरकार ढल्केको भन्ने मिथ्या आरोपको पछि लाग्न नहुने उनले बताए । चिनिया राष्टपति आउदा त्यसो भन्ने हो भने भारतीय प्रधानमन्त्री आउदा कसरी हेर्ने ? भनी उनले प्रश्न गरे ।
‘भारतीय प्रधानमन्त्री पनि आएर जानु भयो । उहाले पनि आफूले सक्ने सहयोगको कुरा गर्नुभयो । भोलि अमेरिकाको राष्टपति आउनुहोला । हामी ल्याउने कोशिश गरौंला । जापानको आउनुहोला । फ्रान्सको आउनुहोला, रसियाको आउनुहोला । के भन्ने त ?, उनको प्रश्न थियो ।
हाम्रो सबै सित मित्रता हो, कसैसित शत्रुुता नगर्ने भन्ने सम्माननीय प्रधानमन्त्री केपी ओलीको परराष्ट नीति अनुसारै सरकार अघि बढेको उनले प्रष्ट पारे ।




